निजामती कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम निवृत्तभरण कोषका लागि काटिने

प्रकाशित मिति:

नयाँ भर्ना हुने निजामती कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम निवृत्तभरण कोषका लागि काटिने भएको छ । त्यति नै रकम सरकारले थप्नेछ र अवकासपछि त्यही रकमलाई निवृत्तभरण (पेन्सन) का रुपमा दिइनेछ ।

बजेटमा अब भर्ना हुने निजामती कर्मचारीलाई योगदानमा आधारित पेन्सन लागू गर्ने घोषणा गरिएको थियो । त्यसको कार्यान्वयनका लागि ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रतिनिधि सभामा दर्ता भएको छ । यो ऐन अब भर्ना हुने निजामती कर्मचारीहरुका लागि मात्र हो । पुरानाको हकमा आकषिर्त हुने छैन ।