४ करोड फलोअर्स पुगेकोमा प्रियंका दंग

प्रकाशित मिति:

एजेन्सी -बलिउडबाट हलिउडसम्म सफल यात्रा गरेकी नायिका प्रियंका चोपडाको इन्स्टाग्राममा बुधवार चार करोड फलोअर्स पुगेको छ ।४ करोड फलोअर्स पुगेको अवसरमा प्रियंकाले सबै फलोअर्सलाई धन्यवाद दिंदै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । सार्वजनिक गरेको भिडियोमा प्रियंका निकै उत्साहित देखिएकी छिन् ।

भिडियोमा प्रियंकाले सामाजिक संजालमा आबद्ध हुने सबै फलोअर आफ्नो सफरको सहयात्री र इन्स्टा परिवार भएको बताउँदै माया बाँडेकी छिन् । पछिल्लो समय निकै विवादमा आइरहने अभिनेत्रीमा पर्छिन् प्रियंका । चाहे त्यो प्रेम सम्वन्ध होस् या विवाहको कारणले पछिल्लो समय प्रियंका चोपडा ‘मेट गाला २०१९’मा लगाएको पहिरनको कारण पनि ट्रोल बन्न पुगिन् ।यद्यपी प्रियंका र प्रियंकाको क्रियाकलापलाई पछ्याउने धेरै रहेछन् भन्ने उनको चार करोड फलोअर्स पुग्नुले बुझ्न सकिन्छ । प्रियंका पहिलो बलिउड कलाकार हुन् जसको सामाजिक संजालमा यती धेरै फलोअर्स पुगेको छ ।