भीरबाट लडेर ७९ वर्षीय वृद्धको मृत्यु

प्रकाशित मिति:

उदयपुर -जिल्लाको कटारी नगरपालिका १० थुम्कीमा भिरबाट लडेर ७९ वर्षीय बृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गाइघाटका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका ९ मा रहेको छोरीको घरमा भएको बिबाहमा सहभागी भई शनिबार दिऊँसो घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।भिरबाट करिव २०० मिटर तल एक व्यक्ति मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले खबर गरेसँगै तत्काल ईलाका प्रहरी कार्यालय कटारीबाट खटी गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि कटारी अस्पताल ल्याएको प्रहरीले जानकारी दिएको छ।