जिपको ठक्करबाट बुबा छोराको मृत्यु

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
18 Shares


सर्लाही- मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा शनिबार जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मगलबजारबाट आउँदै गरेका बुबा र छोरालाइ बा १९ च २५८८ नम्बरको जीपले ठक्कर दिएको थियो । मृत्यु हुनेमा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मण राय रहेका छन् । उनीहरु राय बाबु–छोरा भैँसी चराएर घर फर्किदै गरेको अवस्थामा सडकमा ठक्कर दिएको थियो ।ठक्कर दिने जिपका चालक लालबन्दी नगरपालिका–७ का २० वर्षीय शिवनारायण नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया