शंख बजाउनुका सात फाइदा यस्ता छन

प्रकाशित मिति:

एजेन्सी -हिन्दू धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । वरिपरीको वातावरण सफा र शुद्ध राख्न मद्दत गर्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्राप्त हुन्छ । यति तपाईले शंखको फाइदा थाहा पाउनुभयो भने तपाई साँझ र बिहान शंख नबजाई बस्नै सक्नु हुन्न । आँउनुस् तपाईं पनि पढ्नुस् के के रहेछन् शंख बजाउनको फाइदा ।

शंखले यस्तो रोग पनि हटाउँछ:शंख बजाउँदा हाम्रो स्वास प्रस्वासमा अनुकुल प्रभाव पर्दछ । जसको कारण फोक्सो सम्बन्धी रोगहरू हटेर जान्छन । आयुर्वेदका अनुसार शंख बजाउँदा दम, मुटु र इंफ्लूएंजा नामक रोगहरू दुर भाग्दछ । यसले मृगौला र यौनअंगमा पनि अनुकुल प्रभाव पार्दछ ।

२। मनमा शान्ति ल्याउछ:शंख बजाउँदा निस्कने ध्वनीले भ्रामरी प्राणायामले जस्तै गरी मसितष्कमा एक प्रकारले थर्कावट भाईब्रेसन पैदा गर्छ जसका कारण मस्तिष्कमा आराम हुने र शान्ति पैदा हुन्छ । यसै कारण धेरै प्रकारका तनाव हट्छन् र मानसिक रोग हुन दिंदैन साथै स्मरण शक्ति ह्रास हुन नदिन पनि सहयोग गर्छ ।

३। शंखले मानसिक विकासमा पनि सहयोग गर्छ ।:शास्त्रमा भन्या छ कि शंखबाट निस्कने ॐ।। को धुनले मानसिक रोग सन्चो बनाउँदछ । शंखबाट निस्कने सुमधुर धुनले मन शान्ति हुनुका साथै शरीरमा उर्जा थप्दछ । यसले मनसिक विकासमा पनि मद्दत गर्दछ ।

बच्चाको बोली राम्रो, तिखो र स्पष्ट पार्न शंखको प्रयोग हुन्छ:यदि तपाई आफ्नो बच्चाले राम्रो र तिखो बोली बोलोस भन्ने चाहानु हुन्छ भने गर्भ अवस्थाको बेला स्त्रीलाई शंखमा पानी भरेर खुवाउनु पर्छ । भकभकाउने र तोले बोल्ने बच्चालाई पनि शंखमा भरेको पानी पिलाउनु निक्कै नै फाईदा जनका हुन्छ ।

शंखले सन्तान प्राप्तिमा सहायक भूमिका खेल्छ:जुन दम्पति सन्तान चाहान्छन् र कुनै कारण उनीहरू सन्तान सुखबाट टाढा छन् भने उनीहरुले नियमित रुपमा शंखमा दूध भरेर शालिग्रामको स्नान गर्नु पर्दछ । अनि यसरी चढाईएको दूध स्त्रीलाई पिलाउनु पर्छ । यसो गर्दा सन्तान सुखमा आउँने बाधा अड्चन हट्ने धार्मिक विश्वास रहेको छ ।

सावधान यस समयमा शंख झुकिएर पनि नबजाउँनुहोस्:शंख बजाउनु निक्कै शुभ मानिन्छ तर शास्त्रमा भने अनुसार राति सन्ध्या कालको आरती सकिएपछि शंख बजाउनु हुन्न । भनिन्छ यसो गर्नाले लक्ष्मी रिसाउँछिन् र हामीलाई आर्थिक नोक्सान हुन सक्छ । अहिले चिकित्सकका अनुसार गर्भ अवस्थामा रहेकी महिलाको अगाडि शंख बजाउनु हुन्न, यस्ले गर्भ रहेको बच्चामा असर गर्दछ ।