जनावर एव घरपालुवा कुकुरले यस्ता व्यावहार देखाए के हुन्छ

प्रकाशित मिति:

एजेन्सी -ज्योतिश शास्त्रका अनुसार जनावरहरुले पनि मानिसहरुको भविष्य र वर्तमानको बारेमा सङ्केत दिन्छन् ।जसले गर्दा कुनै मानिस शुभ कार्यमा वा अन्य काममा बाहिर निस्कदा घर पालुवा जनावरले देखाएको व्यवहारले पनि शुभ र अशुभ भन्ने थाहा हुन्छ । विशेषत, हामी घर पालुवा जनावरमध्ये कुकुरको संकेतलाई बढी मान्छौँ । हेरौ शुभ कार्यमा निस्कदा कुकुरले के गरेको राम्रो रुके नगरेको राम्रो र

यदि कतै लामो यात्रामा निस्कदै गर्दा कुकुरले वरिपरि घुम्दै भुक्यो भने सम्झ्नुस् अशुभ हुन्छ । जसले तपाईको धन हानीमो सम्भावना हुन्छ ।त्यस्तै ,यदि तपाई कुनै शुभ कार्यमा निस्कदै गर्दा कुकुरले मुखमा रोटी लिएर गयो भने शुभ मानिन्छ । किनभने कुकुरको यस्तो व्यवहारले धन लाभ हुनेछ ।यदि तपाईको घरमा लगातार कुकुरले आकाशतिर हेरेर भुक्यो भने सम्झनुस् धन लाभ हुनेछ ।र यदि तपाईको घरमा पालेको कुकुरले तपाईको दायाँ तर्फका अंग चाट्छ भने सम्झनुस् यो शुभ संकेत हो । यसले तपाईले सोचेको काममा सफलता मिल्नेछ