फर्सीको मुन्टाको सेवनले अनेकन रोग निको पार्नका लागि फाईदै फाईदा

प्रकाशित मिति:

एजेन्सी तपाई साग कतिको खानु हुन्छ रु तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ रु हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टा वा भनौ फर्सीको पातको साग ।

उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहनका लागि शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ ।युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ ।