जसले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

‘एक छिन त झण्डा नदेखाउँकी भन्ने पनि लागेको थियो तर भित्र्रै बाट साहस जुट्यो र मेरो मनले भन्यो , केटा मौका यही देखा अहिले नसके कहिल्यै सक्दैनस् ।’ उनी थप्छन् ‘अत्याचार र काण्डै काण्डमा फसेको सरकार देखी बाक्क लागेकै कारण मैले यस्तो गर्न बाध्य भएको हुँ ।

प्रकाशित मिति:

प्रेम पुन्थोकी

गत बैसाख ०७ गते बुटवलको जितगढीमा जितगढी बिजयोत्सवको कार्यक्रम चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्य राख्दै थिए । अकस्मात अगाडि एक युवक नारा लगाउन्दै कालो झण्डा देखाउँदै आए । उनी बुटवलको माझगाउँमा दुग्ध व्यावसाय गरेर बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिकाका रुद्र प्रसाद घिमिरे (आर.पी) थिए । उनलाई अभद्र व्यवहार गरेको भन्दै मुद्धा चलाइएका उनलाई त्यसको ठिक १० दिन पछि बैसाख १८ गते बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरि प्रसाद फुयालको इजलाशले घिमिरेलाई रिहा गर्न आदेश दिए लगत्तै उनी रिहा भए । उनले किन प्रधानमन्त्रीलाई कालो झण्डा देखाए त यस अंकमा हामीले उनीसँग गरिएको लामो कुराकानीको सारांशलाई समेटेका छौं ।

यसरी देखाए कालो झण्डा

बिष्णु पौडेल, बालकृष्ण खाँड लगायतका नेता बोल्दा सम्म त उनको मुटुले ढेंग्रो ठोकेको थियो तर जब प्रधानमन्त्री केपी शर्मा ओली बोल्न शुरु गरे त्यो डर सबै हरायो । ‘एक छिन त झण्डा नदेखाउँकी भन्ने पनि लागेको थियो तर भित्र्रै बाट साहस जुट्यो र मेरो मनले भन्यो , केटा मौका यही देखा अहिले नसके कहिल्यै सक्दैनस् ।’ उनी थप्छन् ‘अत्याचार र काण्डै काण्डमा फसेको सरकार देखी बाक्क लागेकै कारण मैले यस्तो गर्न बाध्य भएको हुँ । जुन ठाउँमा उजिर सिंहले बिरताका गाथा देखाए त्यस्तो ठाउँमा ति नालायकहरुले बोल्न उचित थिएन, तिनीहरु उजिर सिंहको बिरताको गाथा गाउन लायक छैनन् भन्ने लाग्यो । ’ उनको बिचारमा बालुवाटार किन्नेहरु, लिपुलेक, सुस्ता र टनकपुर बेच्नेहरु उजिर सिंहको गाथा गाउन लायक थिएनन् । ‘भ्रष्टाचार, कालोबजारी, बलात्कार र अत्याचार कहिले सम्म माननीय ज्यू ? भनेरै व्यानरमा लेख्ने सोंच थियो तर लेखिन ।’ उनी भन्छन् तर पनि ‘ बिरहरुका ठाउँमा अर्को बिर आएको छ , तिनीहरु नालायक भएकै कारण आफुलाई बिकल्पको रुपमा प्रस्तुत गरेको हुँ ।’ कालो झण्डा देखाउने उनको पूर्व योजना थियो तर जितगढी मै र प्रधानमन्त्रीलाई नै देखाउने भन्ने भने थिएन , उनी भन्छन् ‘तर कम्तीमा मुख्यमन्त्री भन्दा माथिका मान्छेलाई देखाउँ भन्ने थियोे , यहाँका सामान्य मन्त्रीलाई देखाएर के गर्नु ’ । उनले आफ्ना केही साथीलाई यो योजना सेयर गरेका पनि थिए, शुरुमा जुत्ता नै हिर्काउने सोंच थियो , भन्छन् ‘तर एकाएक मेण्टालिटी चेन्ज भयो र अहिले नै त्यति सम्म पनि नगरौं कि पछि नपुगे त्यो पनि गर्नु परे गरौंला भन्ने भयो ।’ उनले कालो झण्डा देखाए पछि उनलाई मानसिक रुपमा सन्तुलन गुमाएको हो भन्ने सम्म पनि भए तर उनले आफुलाई मेडिकल टेस्ट गरेर प्रमाणित गर्न चुनौती दिन्छन् । उनी भन्छन् ‘यो सबै मान्छेका दृष्टिकोणका कुरा हुन् , यति बेला गौतम बुद्ध हुन्थे र घरबार त्यागेर जान्थे भने राजगद्धी सम्हाल्न नसकेर भागेको भनेर आरोप लगाउँथे ।’ यो बेवकुफलाई बिद्धान र बिद्धानलाई पागल भन्ने देश हो । ’

त्यो बिद्रोही चेत

रुद्र प्रसादले गएको संघिय संसदको चुनावमा पनि रुपन्देही क्षेत्र नं २ मा स्वतन्त्र उमेद्धारी पनि दिएका थिए , उनको स्वाभावै सानै देखी बिद्रोही स्वाभाव छ , त्यसैले पनि उनलाई अझै गाउँमा २१ रुपैया भनेर चिन्छन् किन त ? त्यसमा रमाइलो किस्सा छ , उनी सहितको साथीको टिम गाउँमा भैलो खेले , त्यसबाट उठेको पैसाले नाम कमाउने गरि सामाजिक काम गरौं भन्ने उनको प्रस्ताव थियो तर साथीहरु उनको कुरामा सहमत हुन सकेनन् उनी थप्छन् ‘ आज खाए भोली गन्ह्याउँछ, आज राम्रो काम गरे भोली बसाउँछ भन्दा साथीहरुले मानेनन् , त्यस पछि म उनीहरुलाई अब मेरो घरमा भैलो खेल्न आयौ भने २१ रुपैया दिन्छु र बिकाश गर्ने सोंचले आयौ भने २१ सय दिन्छे भनेर चुनौती दिएँ त्यस पछि अहिले सम्मै मलाई गाउँमा २१ रुपैया भन्छन् ’ । हुँदा हुँदा अहिले २१ रुपैया कि श्रीमती समेत भन्न भ्याए । बिष्णु पौडेलसँग चुनाव लड्दा उनलाई जित्छु भन्ने थिएन तर त्यो कोठे अभियानकै उपज थियो र मनै देखी जागेको बिद्रोह थियोे । कसैको दवाव र प्रभावमा परेर आफुले निर्णय नलिएको बताउने उनका योजनामा पक्राउ परे पश्चात झनै उर्जा थपेको छ । आफ्ना योजना र अभियानलाई मुर्त रुप दिन अझै सक्रिय रहने सोंच छ । अब उनी कुनै न कुनै रचनात्मक अभियान छेड्ने योजनामा छन् ।

यो उनको स्वतन्त्र अभियान थियो

प्रदेश सभाको बैठकमा उनको रिहाईको लागि काँग्रेसले माग गर्यो , उनी भन्छन् ‘मैले गलत गरेको थिएन , गलतलाई गलत र सहि लाई सही भनेर जो कोहीले भन्नु पर्ने थियो, काँग्रेस बोल्यो सायद त्यो प्रतिपक्षको धर्म पनि थियो होला ’ तर जति बोल्न पर्ने हो त्यति नबोलेको उनको ठम्याई छ । उनी आफ्नो रिहाईको पक्षमा रहेकै भरमा काँग्रेसी भन्नु सतही बुझाई भएको बताउँछन् , उनी भन्छन् ‘ काँग्रेस भनेर बुझ्नेहरुलाई केही भन्नु छैन, एउटा सर्कल ३६० डिग्रीको हुन्छ, त्यसलाई कुसैले ६० डिग्रीको कोणबाट हेर्छ, कसैले ९० त कसैले १८० डिग्रीबाट पनि हेर्छ त्यो हेर्ने मान्छेमा भरपर्ने कुरा हो । ’ उनको अपेक्षा त नेकपाका पक्षधरले पनि मेरो कामलाई सहि भनेर बिश्लेषण गरोस् भन्ने थियो । धेरैलाई लाग्न सक्छ , कालो झण्डा देखाएर चर्चामा आएका उनी बिशेष योजनाका साथ होलान् तर उनीसँग अहिले त्यस्तो ठोस योजना छैन तर एउटा नेपालका लागि नेपाली अभियानसँग जोडिएर का मगर्न लागेको भने उनले स्विकारे । सुरेन्द्र भण्डारी, नारायण घिमिरे, सुरेन्द्र केसी लगायतले चलाएको उक्त अभियानमा जोडिएर काम गर्ने सोंच बनाएका छन् , किन त ? उनी भन्छन् ‘उहाँहरुले मलाई न्याय दिने काम गर्नुभएको छ , सर्वोच्च सम्म कुरा पुराएर मलाई न्याय लिने काम गर्नुभएको छ भने अर्को तिर सरकारका गलत गतिबिधिहरुलाई खबरदारी गर्दै आउनुभएको छ जसले मलाई उहाँहरुसँग जोडिनको लागि इच्छा जागेको छ ।’ ज्यान जोखिममा राखेर प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेको बताउने उनी कसैले चर्चामा आउनको लागि गरेको भन्छ भने उनी एउटा वडा अध्यक्षलाई कालो झण्डा देखाउन चुनौती दिन्छन् , भन्छन् ‘चर्चामा आउनका लागि मात्रै कसैले यत्रो जोखिम मोल्छ ? यति सानासाना छोराछोरी छन्, घर परिवार सम्हाल्नु छ , मलाई कालो झण्डा देखाउँदा देखाउँदै कसैले म माथि हातपात गर्न सक्थ्यो, कतैबाट गोली हान्ने आदेश समेत हुन सक्थ्यो ।’ उनी अब छिट्टै उनको अभियानसँग जोडिन सार्वजनिक अपिल गर्ने भएका छन् , जसको शुरुवाती काम अब शनिबार र सार्वजनिक बिदाका दिन चल्ने सरकारी गाडीको नियन्त्रण र भण्डाफोर गर्ने बाट हुनेछ ।

के प्रभाव पार्यो त कालो झण्डाले ?


त्यसरी जोखिम मोलेर कालो झण्डा देखाउँदा कतै केही प्रभाव पर्यो त ? ‘जुन तहमा प्रभाव परोस् भन्ने थियो त्यहाँ परेन’ उनी भन्छन् ‘प्रधानमन्त्रीले साना तिना कुराहरुलाई बंगाउन, टिंगाउन जान्नु भएको छ अन्यत्र ध्यानै छैन, नत्र उहाँले त्यो केटालाई छोप भनेर आदेश दिन सक्नेले किन झण्डा देखायो, किन असन्तुष्टी पोख्यो भन्ने जिज्ञासा राखेर तत्कालै पनि समाधानको लागि पहल भै दिएको भए पनि हुन्थ्यो ।’ त्यसो त प्रधानमन्त्री मात्र हैन सुरक्षा संयन्त्र बाहेक अन्यत्रबाट उनलाई उनको असन्तुष्टिका सन्दर्भका कोही पनि छलफलमा आएनन् र सोध्ने प्रयत्न भएन , यसमा उनको गुनासो रहेछ । त्यस माथि उनको अर्को गुनासो प्रशासनबाट त्यत्रो दिन सम्म रिहाईको लागि पहल नगरेको देख्दा अचम्म लागेको छ । सामान्य रुपमा काँग्रेसले संसदमा कुरा उठाउनु भन्दा अर्को प्रयत्न नहुनु र चुपचाप बस्ने कार्यले यो मुद्धा ठुलो भन्दा पनि नेकपाका मान्छेहरुले पुर्वाग्रही तरिकाबाट राखिएको उनको ठम्याई छ । उल्टै उनलाई अभद्र व्यवहार गरेको भन्दै मुद्धा लगाइएको थियो तर उनी भन्छन् ‘अभद्र व्यवहारले परिभाषा गरेर अनुसार एउटा शब्द पनि मिल्दैन । ’
सर्वोच्चले उनलाई निर्दोश ठहर गर्दै रिहाईको लागि आदेश दियो , एउटा स्वतन्त्र मुलुकको सार्वभौम नागरिकको हैसियतबाट यस केसमा उनी आफुलाई अन्याय भएको महसुश त गरेका छन् तर यस भन्दा बढि न्यायको लागि खोजीमा जाने योजना बनाएका छैनन् न त उनलाई न्याय पाउँछु भन्ने आशा नै छ ।

नालायक सरकार डराएको छ

सर्वोच्चबाट न्याय त पाए तर उनी अझ पनि चयनको निद्रा सुत्न पाएका छैनन् ,स्थानीय प्रशासनले उनलाई निगरानी गरिरहेको छ । उनी भन्छन् ‘नालायक सरकार एउटा युवाको चुनौतीका सामु डराएको छ’ । शनिबार बुद्ध जयन्तीको अबसर पारेर लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भए पनि उनलाई इलाका प्रहरी कार्यलय बुटवलमा बोलाई शुक्रबार दिउँसो केरकार गर्ने काम भयो । उनी भन्छन् ‘संसय त्यति मा मात्र रोकिएन, मलाई शुक्रबार रात बस्ने गरि बोलाइयो र शनिबार बिहान छाडियो ।’ तथापि यो पटक उनलाई सामान्य व्यवहार भयो र सम्मानका साथ सहज रुपमा बसोबासको व्यवस्था मिलाइएको थियो । शनिबार दिउँसो पनि उनलाई हाजिर हुन बोलाइएको थियो, उनी गएनन् , फेरी प्रहरी कार्यालयबाट किन नआएको भन्दै फोन आयो । ‘मैले तपाईहरुको कार्यक्रम बिथोल्ने कुनै काम गरेकै छैन किन आउने ?’ भन्दै प्रति प्रश्न गरेको बताउने उनी भन्छन् ‘यसले पनि प्रष्ट पार्छ सरकार म बाट त्रस्त छ ’ ।
उनी यस्ता गतिबिधिले थप अन्यायमा परेको महशुस गरेका छन् , ‘म माथी साह्रै अन्याय भयो, कतै कार्यक्रम हुँदा चयनले सुत्न नपाउनु, बेला बेलामा केरकार गर्ने काम भएको छ यो सरासर मानव अधिकारको उलंघन हो ’ उनी थप्छन् ‘ यस्तै अबस्था रहे मेरो अधिकार प्राप्तिका लागि र अन्यायका बिरुद्ध म कदम चाल्छु ’ ।

पार्टीगत राजनीति भन्दा माथि उठ्न जरुरी

घिमिरेले पार्टीगत राजनीति भन्दा माथि उठेर आउन र देशका लागि केही गर्न युवाहरुलाई आह्वान गर्छन् । तर कसै गरे पनि युवालाई अगाडि बढ्न नदिने परिस्थिति बनेको र कोही अगाडि बढ्न खोजे युवाबाटै खुट्टा तान्ने प्रवृतिको बिकाश भएको उनको बुझाई छ । संघिय संसदको चुनावमा उनले २१ मत प्राप्त गरे, धेरैबाट भोटै नपाए पनि उनले स्रहाना बटुले भन्छन् ‘प्रचारै बिना २१ मत आउनु मेरो लागि ठुलो कुरा थियो । त्यसले उर्जा मिल्यो ।’ उनले भोट माग्दा केही आफन्तले तलाई भोट दिएर के पाइन्छ, खेर मात्रै जान्छ भनेर जवाफ पाए, उनी भन्छन् ‘आखिर तिनले जिताएकै मान्छेबाट पनि के पाए ? जनताले २० बर्ष देखी जिताएका बिष्णु पौडेलले एउटा तिनाउ पुलको बिकल्प दिन सकेका छैनन् भने तिनीबाट थप आशा के गर्ने ?’

गाउँपालिका प्रमुख झुट बोले

उनी पक्राउ परे लगत्तै छत्रदेव गाउँपालिका अर्घाखाँचीका प्रमुख लेखनाथ पोख्रेलले उनी आफ्नो कार्यकर्ता भएको र स्थानीय चुनावमा सक्रिय भएर लागेको भन्दै उनी काँग्रेसको कार्यकर्ता भएको भन्दै मिडियालाई बताए । तर रुद्रले उनी यस कुरामा सत्यता नभएको बताउँछन् । ‘म स्थानीय चुनावमा बुटवलमा बसेको थिएँ , भोट हाल्न पनि गइन् , कसरी उनको झण्डा बोकें ’ उनी भन्छन् ‘म गर्भै देखीको काँग्रेस, पारिवारिक पृष्ठभूमी पनि काँग्रेस भएको कारण उहाँले मेरै भलो सोंचेर त्यस्तो भन्ने भएको हुन सक्छ तर चुनाव मै खटेको भनेर झुट नबोलेको भए हुने ।’ किन त ? किनकी उनको राजनैतिक इतिहास काँग्रेस मात्रै छैन । ‘सर्वहाराको नेतृत्व गर्ने पार्टी भनेर कुनै बेला म माओवादी पनि भएँ , त्यस कै जगमा अखिल क्रान्तीकारीको रुपन्देही जिल्ला सदस्य सम्म भएँ ’ उनी भन्छन् ‘तर जन्मले काँग्रेस भएकै कारण काँग्रेसको साथ पाइयो तर आफुले योगदान दिएको पार्टीले हेरेन ।’ उनले तत्कालिन समयमा माओवादीको कार्यकर्ताको रुपमा खटेको दिनहरु सम्झन्छन् , भन्छन् ‘अहिले सबै अन्ध भक्तहरु भए, तिनलाई मैले पैसाका लागि मरेका जिउँदा लासहरु हुन् भन्छु ।

जसले उनलाई यस्तो अवस्थामा सहयोग गरे

उनी आफुले कालो झण्डा देखाएरै के के न गरें भन्ने लाग्दैन तर जति बेला कसैले तैंले यो ठिक गरिस् भन्ने कुरा पाइन्छ त्यति बेला आफुले ठिक गरेको प्रमाणित हुने बताउँछन् । उनी पक्राउ परेसँगै स्थानीय अभियान्ता मुक्ति पौडेल लगायतले खुलेरै बिरोध गरे । सामाजिक संजालमा उनको पक्राउको व्यापक बिरोध भयो । नेपाल बिद्यार्थी संघका नेता कुन्दनराज काफ्ले लगायतले आएर भेट गरे, डा.बाबुराम भट्टराई लगायतका नेताहरुले ट्विट गरेर उनको पक्राउको बिरोध जनाए, त्यस माथि काँग्रेसको संसदमा बिरोधको दवाव त छँदै थियो । उनी आफुलाई असहज अवस्थामा पनि सहयोग गर्ने नेपाल बिद्यार्थी संघ, नेपाली काँग्रेस, सामाजिक संजालमा निरन्तर दवाव दिने साथीहरु, बिभिन्न संघ संस्था, बिशेष गरि सुरेन्द्र भण्डारी, सुरेन्द्र केसी, नारायण घिमिरे महेश डंगोल, बालकृष्ण न्यौपानेहरु प्रति भित्री हृदय देखी नै अभार प्रकट गरेको बताए ।

त्यो सात दिनको कस्टडी यात्रा

सामान्य भन्दा बढि केरकार भए पनि उनी त्यसलाई भन्दा एक हप्ते अबधीमा थुनामा बिताएका दिनहरु संझिदा अनौठो लाग्छ । अपराध गरेका देखी कसनै पनि गल्ती नगरेकाहरुलाई पनि त्यहाँ लिएर राखिएको उनले पाए । बाख्रा भेडा कोचे जसरी एकदमै पिडादायी अवस्थाबाट बसालिएको र मानवीय मुल्य मान्यता भन्दा धेरै तर गिरेर व्यवहार गरेको उनको अनुभव छ । बरु उनलाई एउटा कुराले छोयो उनी भन्छन् ‘जहाँ नाइकेले अरुले नखाँदै नखाने र माया देखाएको पाएँ ।’

उद्यममा उनको सफलता

दुग्घ संकलन र बिक्रीको व्यावसायमा बिगत पाँच बर्ष देखी जोडिएका उनी युवा स्वरोजगार बन्न केही न केही गर्नुपर्ने तर्क राख्छन् , निरन्तर रुपमा काम गरे कुनै पनि व्यवसायमा सफलता हासिल गर्न सकिने उनको अनुभव छ । उनी आफुले संचालन गरेको व्यवसायबाट सन्तुष्ट छन् । किनकी यसै बाट बुवा, आमा, आफु, श्रमती, भाइ, बहिनी र दुई छोराछोरी सहितको परिवार चलाउन सकिएको बताउँछन् । तर युवाहरु यो देशमा काम गर्न सरकारले वातावरण नबनाएको गुनासो गर्छन् । वातावरण बनाउन उनको अभियानले कतै न कतै काम गर्दैन ? उनी भन्छन् ‘खासमा युवाका समस्यालाई कुनै पनि अभियानले समेट्न सक्दैन, झन् मेरो व्याक्तिगत पहलले त के काम गर्ला ? ’

एक्कासी सुन्दा छाँगाबाट खसे जस्तो भयो ः आमा राधिका घिमिरे

कहिल्यै कतै केही नगरेको छोरा एक्कासी पक्राउ परेको सुन्दा म छाँगाबाट खसे जस्तै भएँ । १५ मिनेट अगाडि घरमै भएको छोरा १५ मिनेट पछि पक्राउ पर्यो रे भन्ने खबरले साह्रै पिडा भयो । अब के हुन्छ भन्ने कुराले साह्रै सतायो । १० दिन सम्म एक छाक खाना र चियाको भरमा छोराको बाटो कुरेर बस्यौं । कतै ज्यान नै मास्दिन्छन् की भन्ने पनि भयो । छोराले साहसिक काम गर्यो भनेर कसैले भन्दा खुसी लाग्छ । छोरा पक्राउ पर्दा दिमागी अवस्था ठिक छैन भनेर छोरालाई निकाल भन्नेहरु पनि भेटिए तर सद्धे छोरालाई कसरी दिमागी हालत ठिक नभएको भनेर भनौं , त्यसो गरेनौं, हामीले एउटा कुरा बोल्ने र छोराले अर्कै बक्ने भए के होला भन्ने पनि भयो । आफ्नो व्यावसाय गरेर बसेको छ । दायाँबायाँ त्यस्ता काममा नलागी दिए हुन्थ्यो जस्तो लाग्छ ।