भारतमा आज अन्तिम चरणको चुनाव !

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । भारतमा ११ अप्रिलबाट लोकसभा चुनाव सुरु भएको थियो । आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने तयारी छ । साँझ ६ बजेसम्म मतदान हुने र त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक हुने छन् ।

आइतबार ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताको संख्या भने १०.१७ करोड छ । आइतबार पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिटमा मतदान भइरहेको छ । यसैगरी चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ । सत्तारुढ भाजपाले सन् २०१४ मा भएको चुनावमा यी ५९ सिटमध्ये ३० मा जित हासिल गरेको थियो ।

वाराणसीमा पनि आज मतदान भइरहेको छ । जहाँबाट नरेन्द्र मोदी उम्मेदवार बनेका छन् । यसैगरी बिहारको पटना साहिब लोकसभामा भाजपाका बागी उम्मेदवार शत्रुघ्न सिन्हा कांग्रेसको समर्थनबाट चुनाव लडेका छन् । उनको प्रतिस्पर्धी भाजपा उम्मेदवार एवम् केन्द्रीय मन्त्री रविशंकर प्रसाद छन् । त्यसैले यी क्षेत्रमा मतदाताको मुख्य चासो छ । बिहारका मुख्यमन्त्री नितिश कुमार र उपमुख्यमन्त्री सुशील मोदीले पटनाबाट मतदान गरेका छन् । मतदानपछि नितिश कुमारले चुनाव लामो समयसम्म हुनु नहुने बताए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको केदारनाथ र वद्रीनाथको यात्राबारे टिप्पणी गर्दै आस्थामा कहिल्यै राजनीति गर्न नहुने पनि बताए ।

यसैगरी क्रिकेटर हरभजन सिंहले जालन्धरको गढी गाउँबाट मतदान गरे । मतदानपछि उनले भने– मेरा मुद्दा सफाई, बच्चाको पढाई, खेलकुदको राम्रो पूर्वाधार निर्माण हो । कृपया तपाईंहरुले भोट हाल्नुहोस् । यसको गम्भीरतालाई बुझ्नुस् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गोरखपुरबाट मतदान गरेका छन् । मतदानपछि उनले चुनावप्रति पूरै देशभर उत्साह रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा