विद्यालयको उद्घाटन !

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया

Symbolic Image

हुँम्ला –  नयाँ संचालनमा आएको जोगराज आधारभुत विद्यालयको औपचारिक रुपमा उद्घाटन गरिएको छ । यस अघि बाल विकास केन्द्रका रुपमा रहेको उक्त विद्यालयलाई आधारभुत विद्यालयका रुपमा मान्यता पाएपछि विद्यालयमा हाल कक्षा एकसम्म पठन -पाठन हुने गरेकोमा अब उक्त विद्यालयमा कक्षा तीनसम्म पढाई हुने भएको छ । उदघाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले गर्नु भएको हो ।

३२ जना विद्यार्थी अध्ययन गरी रहेको उक्त विद्यालयमा ३० जना दलित विद्यार्थी रहेका छन् । दलित समुदायलाई लक्षित गरी संचालनमा आएको विद्यालयलाई आवश्यक सबै सहयोग गर्ने अध्यक्ष रावलले बताउनु भयो । यसै बीच विद्यालयको उद्घाटन भएको दिन अभिभावकहरुको भेलाले खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका सदस्य भरतजंग शाहीको अध्यक्षतामा सात सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । समितिका अन्य सदस्यमा धनसिंह सुनार, मकविर शाही लगाएत दलित तथा अन्य जातिका महिलाहरु समेटिएको वडा अध्यक्ष शाहीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा