स्थानीयद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


तनहुँ – नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आइतवार बिहान तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरीत अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसै विषयलाई लिएर शुक्रवार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयले लगाएको ताला प्रहरीले शुक्रवार बल प्रयोग गरेर खुलाएको थियो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्‍याएरै नगर प्रहरी छनोट गरिएको बताए । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट