विकासले सार्थकता पाउँछ : मन्त्री विष्ट

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


विराटनगर –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनुभएको छ प्रधानमन्क्री रोजगार कार्यत्रमअन्तर्गत प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठी तथा समझदारी पक्रमा हस्तारक्षर कार्यत्रमको शनिबार उद्घाटन गर्दै मन्त्री विष्टले नेपाल अहिले पनि विकासको प्रारम्भिक अवस्थामा नै रहेको बताउनुभयो ।

उहाँले सिँचाइ, विद्युत् र सडकको विकास गरेर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्छ भन्नुभयो । संविधानबाट प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न प्रधानमन्क्री रोजगार कार्यत्रम आएको भन्दै मन्त्री विष्टले संविधानले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुरक्षित गरेको बताउनुभयो । प्रदेश नं १ का सामाजिक विकासमन्क्री जीवन घिमिरेले स्थानीय तहमा सरकारले तोकेका रोजगार संयोजकले चाहिने जनशत्तिको प्रक्षेपण पनि हुने तथा यसबाट माग र पूर्तिमा सन्तुलन कायम गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव महेशप्रसाद दाहालले कार्यक्रमबाट सरकारले बेरोजगारलाई १०० दिन रोजगार दिने र यसका लागि उहाँले बेरोजगारको प्रमाणपत्र देखाउनुपर्ने भन्दै रोजगार दिन नसक्ने अवस्थामा उहाँहरुलाई वर्षमा ५० दिनको निर्वाह भत्ता दिने सरकारको योजना रहेको जानकारी दिनुभयो मन्क्रालयका सहसचिव सुमन घिमिरेले कार्यत्रमले बेरोजगारलाई रोजगारी सुनिश्चित हुने र यसका लागि स्थानीय तहका पदाधिकारीले नतिजामुखी काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया