ओलीको अहंकार मुलुकका लागि घातक – प्रदीप पौडेल

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीको अहंकार मुलुकका लागि घातक भएको टिप्पणी गरेका छन् । राजधानीमा जनजागरण अभियानलाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओलीमा देखिएको अहंकारी चरित्र मुलुकका लागि घातक भएको बताए । विपक्षीप्रति अति असहिष्णु बन्दै अहंकारको बोली बोल्ने ओलीलले प्रधानमन्त्री पदको गरिमा कायम गर्न नसकेको पौडेलले बताए । ओलीको ठाडो आदेशमा चालिएका पछिल्ला कदमले मुलुकमा निरंकुशतन्त्र हावी हुने छनक दिएको टिप्पणी पौडेलले गरे ।

“प्रेस माथिको नियन्त्रण, सुरक्षा परिषद्को निर्णय विना सेना परिचालनको अधिकार, महत्वपूर्ण सरकारी कार्यालयहरुलाई आफ्नै अधिनमा राख्ने जस्ता प्रधानमन्त्रीका कदमले निरंकुशताको सकेंत दिएको छ” पौडेलले बताए । इतिहासकै सबैभन्दा शक्तिशाली भनिएको ओली सरकारको कार्यशैलीबाट आमजनता समेत वाक्क दिक्क भएको उनले बताए । “भष्ट्राचार, कुशासन, अनियमितता, अराजकता, बेथिति, बेरोजागरीले सीमा नाघ्दा समेत सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा घन्काउनमै व्यस्त हुनु उदेकलाग्दो छ” पौडेलले भने । बिचौलिया तथा दलालहरुको चंगुलमा फसेको सरकारले आम जनतालाई कुनै हालतमा राहत दिन नसक्ने ठोकुवा उनको थियो । बेग्लै प्रसंगमा उनले पार्टी नेतृत्व प्रभावकारी नभएका कारण जनजागरण अभियानमा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता नरहेको टिप्पणी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया