फेरी अर्को दु:खद घटना : बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ३ घाइते !

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन्। देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका-११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ। मृत्यु हुनेमध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका-१० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका-१०का नवीन भट्ट घाइते भएका छन्। जीप दुर्घटनाको कारण भने खुलेको छैन्। जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…