ड्यूटीमै बेहोस भएका सैनिक जवानको मृत्यु

प्रकाशित मिति:

वीरगन्ज – नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको हो । मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत २८ वर्षीय देवीराम जैसीको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए।

उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । मृतक जैसी कैलालीका बासिन्दा सुखडका हुन्। उनको शव वीरगन्जको नारायणी अस्पतालको राखिएको छ। उनको ह्ृदयघातका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।