मालपोत कार्यालयमा हुने गरेको ढिला सुस्तीलाई तत्काल सुधार गर्न तरुण दल र नेबिसंघको आग्रह

प्रकाशित मिति:

दाङ – मालपोत कार्यालयमा हुने गरेको ढिला सुस्तीलाई तत्काल सुधार गर्न नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल र नेबिसंघले आग्रह गरेको छ । तरुण दलका अध्यक्ष टीका घर्तीको नेतृत्वमा तरुण तथा विद्यार्थीहरुको टोलीले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्कालाई सेवामा सुधार गर्न आग्रह गरेको हो तुलसीपुर उपमहानगरपालिका, दङगीशरण गाँउपालिका, शान्तिनगरगाँउपालिका र बबई गाँउपालिकाका सेवाग्राहीलाई सेवा दिदै आएको मालपोत कार्यालय तुलसीपुरमा गत बैशाख ४ गतेदेखि अनलाईन सेवा शुरु गरिएको थियो ।

उक्त अनलाइन सेवा सुरु भएदेखि सेवामा ढिलासुस्ती र अनियमिता बढेको जनगुनासो अत्याधिक बढेकाले ध्यानाकर्षण गराउन कार्यालयमा आउनु परेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । तर मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले अनियमिता मौलाएको भन्ने आरोप खलत भएको बताउनुभयो । जनशक्तिको अभाव र प्रविधिका कारण यस कार्यालयमा ढिला सुस्ती भएको स्वीकार गर्नुभयो । अब जेठ १ गतेदेखि कुनैपनि सेवाग्राहीको कामलाई सोही सम्पादन गर्ने गरी तयारी भई रहेको कार्यालय प्रमुख खडकाले बताउनुभयो ।