बहिनी जिस्काएको निहुँमा छुरा प्रहार गरी साथीको हत्या

प्रकाशित मिति:

धनकुटा – बहिनी जिस्काएको निहुँमा महालक्ष्मी नगरपालिका-२ का एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन्। २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

वैशाख पूर्णीमाको अवसरमा स्थानीय साकेला थान ‘मन्दिर’मा लागेको उभौली मेलामा रातभर नाचगान र खानपिनसँगै गरेका सन्तोषलाई घनेन्द्रले आफ्नो चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको प्रहरीले जनाएको छ।छुरी प्रहारबाट सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पतालमा पठाइएको प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले बताए।

थप समाचार