राजपा विधानमा व्यापक संशोधन : एकमात्र अध्यक्ष हुने, तीन वर्षमा महाधिवेशन

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


                                       ♦ भोलिदेखि अध्यक्ष मण्डलको संयोजक अनिलकुमार झा

काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को महाधिवेशन पछि एकमात्र अध्यक्ष रहने भएको छ। हाल अध्यक्ष मण्डलबाट संचालनमा रहेको पार्टी महाधिवेशनपछि भने एकमात्र अध्यक्ष प्रणालीमा सञ्चालन हुने भएको हो। राजपाको जेठ २ गतेदेखि शनिबार अबेरसम्म बसेको बैठकले पार्टीको विधान संशोधन गर्दै अध्यक्ष प्रणालीमा जाने व्यवस्था गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए।

राजपाको विधानको धारा ३१ (१२)मा यसअघि महधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा उक्त व्यवस्था संशोधन गरेर महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्ष प्रणालीमा सञ्चालन हुने लेखिएको छ। यसअघि कुनै पनि तल्लो तहमा निर्वाचित सदस्य, पदाधिकारीहरूलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था नरहेकोमा अब त्यस्तो अवस्थामा राजीनामा अनिर्वाय गरिएको झाले जानकारी दिए।

त्यसैगरी, पार्टीको कुनै पनि तह वा स्तरमा समितिहरू बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा अपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान रहेकोमा यो उपधारा हटाइएको राजपाले जनाएको छ। राजपाको नयाँ निर्णयअनुसार यसअघि पार्टीको महाधिवेशन दुई वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर तीन वर्षभित्र गरिने भनिएको छ। यसअघि संक्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारहिरूको लागि शपथ ग्रहणको व्यवस्था छुट्न गएकोमा नयाँ व्यवस्थाअनुसार शपथ ग्रहणको व्यवस्था गरिएको छ। चक्रीय प्रणालीअनुसार भोलिदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक अनिल कुमार झा हुने बैठकले निर्णय गरेको छ।

राजपाका निर्णय:-

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब