नेप्से १.८७ अंकले घट्यो, कारोबार रकम एक अर्ब

प्रकाशित मिति:

काठमाडाैं-  साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १.८७ अंकले घटेको छ । नेप्से घटेपनि सेयर बजारमा उत्साह भने कम भएको छैन । यस दिन बजारमा १ अर्ब ९ करोड ३ लाख ४८ हजार २ सय २५ रुपैयाँका सेयर किनबेच भएका छन् । यसबीच १ सय ७२ कम्पनीका ३२ लाख ८१ हजार १ सय १६ कित्ता सेयर कारोबार भए ।
कारोबारमा आएका १२ उपसूचकमध्ये छ वटा समूह उकालो लागेका छन् भने बाँकी छ समूह नै ओरालो लागेका छन् । बढ्नेमा उत्पादनमूलक समूह सर्वाधिक १००.६५ र विकास बैंक ८.८२ अंकले उकालो लागे भने घट्नेमा निर्जीवन बीमा सर्वाधिक ५९. ७५ अंकले ओरालो लाग्यो ।

आइतबार बजारमा कारोबारमा आएका सबै कम्पनीमध्ये नेपाल बैंक लिमिटेडको कारोबार सबैभन्दा धेरै भयो । बैंकको २२ करोड ६८ लाख १९ हजार १ सय ४७ रुपैयाँको सेयर कारोबार भयो । शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यस दिन कम्पनीको सेयर ९ दशमलव ९७ प्रतिशत कायम भएको छ । यस दिन विशालबजार कम्पनीका लगानीकर्ताले सर्वाधिक ५ दशमलव ७८ प्रतिशतले गुमाए ।