नेकपा नेताको खुकुरी प्रहारबाट एक जना घाइते

प्रकाशित मिति:

अछाम – अछामको तुर्माखाद गाउपालिका वडा नम्बर ८ धमालिमा नेपाल कम्युनिस्ट पाटिका नेताको खुकुरी प्रहार बाट एक जना घाइते भएका छन । तुर्माखाद गाउपलिका वडा नम्बर ८ निवासी सिद्देश्वरी माबीमा कार्यरत पुर्व शिक्षक भिम बहादुर बिष्ट लाई नेपाल कम्युनिस्ट पाटी तुर्माखाद गाउपालिका वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष भिम बहादुर बिष्टको नेतृत्वमा गएको १३ जनाको समुहले हिजो राती १० बजे शिक्षक बिष्ट आफ्नो घरमा सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरेका हुन ।

खुकुरी प्रहार बाट शिक्षक बिष्टको टाउकोमा ४ वटा टाका लगाइएको छ भने टाउकोमा गहिरो चोट लागेको छ । त्यसैगरी खुकुरी प्रहार गर्ने नेता बिष्टको हातबाट खुकुरी खोस्ने क्रममा अन्य ६ जनाको पनि हातमा चोट लागेको छ । पराजित वडा अध्यक्ष बिष्टले केहि दिन पहिले तुर्माखाद गाउपालिकामा वडा अध्यक्षको किर्ते दस्तख्त गरेर योजनाको भुक्तानी समेत लिएको पाइएको छ ।