अनसनमा रहेका नर्सको माग पूरा गर्न डा. गोविन्द केसीको आग्रह !

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ –  डा. गोविन्द केसीले आमरण अनसनमा बसेका दुई जना नर्सको माग पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । केसीले आईतवार एक विज्ञप्ति जारी गर्दै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको माग पूरा गर्न आग्रह गर्नुभएको हो ।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको मागलाई लिएर दुई जना नर्स १० दिनदेखि अनसन बसेका छन् । अनसनका कारण उनीहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

केसील स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सिप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले चिकित्सा तथा स्वास्थ्य शिक्षाको व्यापारीकरण रोक्न पनि माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई समाजसेवी भण्डारीले प्रदान गरे…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा