समिक्षा मृत्यु प्रकरण,, बाबु हजुरआमा र फुपु थुनामा

प्रकाशित मिति:

टोपराज शर्मा ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीको हत्याको अभियोगमा परिवारकै तीन जना पुर्पक्षको लागि थुनामा गएका छन् ।
गत असार ९ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा आगलागी भएर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरी नेपाल फर्किर मार्ने उद्देश्यले मट्टितेल छर्केर आगो लगाइदिएको र सोही कारण जलेर मृत्यु भएको दावी सहित परिवारकै सदस्यहरुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।किटानी जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गर्दै अनुसन्धान गरेको थियो ।अनुसन्धानपछि परेको ज्यान मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले समीक्षाका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी, समीक्षाका फुपू अमृता भनिने शोभा राना ठकुरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।