टेरिया आइन घरमा आइन,बगेश्वरी संगितालयले आयोजना गरेको कार्यशालामा सहभागि हने

प्रकाशित मिति:

जेठ,कञ्चन – भारतिय च्यानल जि।टी।को च्यारेटी सो सिजन २ की बिजेता टेरिया मगर हिजो आफ्नो घर कञ्चनमा आएकी छिन।उनि घर आएको बेला सामुदायिक रेडियो कञ्चन ९५।८ मेगाहर्जको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम राखेकोछ।  पत्रकार भेटघाट कार्यक्रममा टेरियाले आफु घर आएको बेला आफ्नो हजुर बुवा र हजुरआमा हरेक कार्यक्रमहरुमा मिस गरिरहेको र म जहा भएपनि हजुर बुवा र हजुरआमा नै मेरो प्रेरणाको श्रोत भएको बताएकी छिन। यदि म संग मेरा हजुर बुवा र हजुरआमा हुनुहुन्थेन भने सायद सामान्य टेरिया हुन्थेन र आज वहाकै कारणले टेरिया संगै मेरो देशको शान बिश्वभर फैलिएको बताए। म भारतबाट आउदा राजधानीका मिडियाहरु मार्फत मेरो कलाकारिताको प्रशंसा र प्रचार हुन्थ्यो यसरी मेरै जन्म स्थानमै मेरो यसरी संचार सामु मेरा भनाई राख्न पाउला भन्ने लागेका थिएन तर आज आफ्नै ठाउमा भएको संचार गृहबाट मेरो भनाई राख्न पाएकोमा गर्व गर्दै भनिन अव म मेरो कला मार्फत आफ्नो गाउठाउको लागि केही गर्छु त्यसका लागि पनि मेरो हजुर बुवा आमाहरुको सहयोगमा टेरिया फाउण्डेशन नामक सामाजिक संस्था स्थापना गरी आर्थिक अभावका कारण बिधालय छोडेका र पढ्न नपाएका देश भरीका करिब २५ जना भन्दा बढी बिधार्थीहरुलाई पढ्ने बयबस्था गरेको बताएकी छिन
अव टेरिया नेपाली फिल्म क्षेत्रमा आफ्नो अभिनय मार्फत प्रबेश गर्दै छिन भन्ने छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा कुनै नृत्यांगानाको रुचि कुनै मुभिमा खेल्ने रहर भए पनि तत्काललाई फिल्म क्षेत्रमा आउने मेरो कुनै सोच नभएको बताएकी छिन ।

उनले भनिन म मेरो अभिनयको निखारताको लागि सिकाईकै चरणमा छु मेरो भबिष्यको लक्ष्य नै चलचित्र उधोगमा प्रबेश गरी मेरो आफ्नो कलाको जादु देखाउने नै हो ।उनि आफुले नृत्य सिकेको प्रशिक्षण केन्द्र बागेश्वरी संगितालयले आयोजना गरेको ५ दिने कला सम्बन्धी कार्यशालामा सहभागिता जनाउने गरी आएका टेरियाले तिम्रो मायाले नामक गितको कभर सङ रेकर्ड समेत गरेकी छिन भने छिटै नै आफ्नै स्वरमा पहिलो गितको रेकर्डको सम्पुर्ण कार्य पुरा भएको र सायद समय मिले सम्म घर आएको बेला सो गित रेकर्डिङ सकेर पुनः भारत फर्किने बताएकी छिन।

टेरियाकी हजुर बुवा तथा टेरिया फाउण्डेशनका अध्यक्ष कृष्ण बहादुर फौजाले नातीनीको सफलताको लागि आफुलेृ सके जति लागि पर्ने र फाउण्डेशन मार्फत सामाजिक उत्तर दायित्व समेत निर्बाह गरी नातिनीलाई सामाजिक सेवामा लाग्न समेत उत्प्रेरणात्मक बाताबर श्रृजना तयार गर्ने बताउनु भएकको छ। यसै गरी उनकी आमा अनिता मगरले टेरियाको रुची नृत्यमा भए पनि आफुले प्राप्त गरेको केही रकम सामाजिक कार्यमा लगानी गर्नु पर्छ भन्ने सामाजिक भावना भएको बताउनु भएको छ। भर्खर कक्षा १० को परीक्षा सकेर फुर्सदको समय पारेर घर आएकी टेरियाले आफुलाई यस स्थान सम्म ल्याउन सहयोग गर्ने आफन्त,बिधार्थी साथी र शिक्षकहरुलाई समेत भेट गर्ने कार्यक्रम रहेको छ।