लाईफ चेन्जिङ्ग ट्रेनिङ सम्पन्न

प्रकाशित मिति:

बुटवल, जेठ ५ । बुटवलमा सञ्चालित एक महिने लाईफ चेन्जिङ्ग ट्रेनिङ सम्पन्नभएको छ । लाईफ एजुकेशनको आयोजनामाभएको तालिममा एसइइ दिएर बसेका २० जनाप्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुमा सकारात्मक सोचको विकास गराउने उद्देश्यका साथआयोजित तालिममा विभिन्न क्रियाकलापहरुको माध्यमबाट प्रयोगात्मक तालिम प्रदान गरिएको थियो । तालिममा जीवन जिउने कला, वाककला, नेतृत्वविकास, स्टेज उदघोषण लगायतकाविषयहरु समेटिएको थियो ।   तालिम समापन समारोहमाबोल्दै सनराईज बैंककाप्रदेश नं ५ प्रमुख राजेन्द्र घिमिरेले फुसर्दको समयमा रहेकाविद्यार्थीहरुले जीवनको लक्ष्यनिर्धारण गर्न र सकारात्मक बाटोमा हिड्नकालागितालिमले अभिप्रेरित गरेको बताउनुभयो ।   कार्यक्रममाबोल्दै लाईफ एजुकेशनमाप्रमुखकार्यकारी अधिकृत तथाप्रमुखप्रशिक्षकदिनेश खड्काले विद्यालय र विश्वविद्यालयकाशिक्षाले समेट्न नसकेका कुराहरु तालिममासिक्न सकिने भन्दै पहिलाआफूले आफ्नो क्षमताचिन्न सकेमालक्ष्यनिर्धारण गर्न र आफूले चाहेको सफलता पाउन सकिने बताउनुभयो ।   लाईफ एजुकेशनकाप्रबन्धनिर्देशक तेजराजथापाको अध्यक्षतामाभएको समापनकार्यक्रममाप्रशिक्षकमाधवपौडेल, अभिभावकलक्ष्मी के.सी., विद्यार्थीहरु सिद्धार्थ झा, नारायण पाण्डे, करुणा भण्डारी, धिरज क्षत्रीलगायतले तालिममा संगालेकाअनुभवहरु सुनाएका थिए ।  प्रशिक्षार्थीहरु संगम खड्का र प्रशस्तमिश्रको सञ्चालनतथा सुमांसी खत्रीको स्वागतमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई विभिन्नविधामा पुरस्कृत गरिएको थियो भने गायनतथा नृत्य कार्यक्रम समेत गरिएको थियो ।