पाणिनि तपोभुमीको धार्मिक महायज्ञमा उत्साहपुर्वक सहभागीता

५ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


घनश्याम पौडेल अर्घाखाँची,-प्रचार प्रसारको अभावमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बिश्वको प्राचीन भाषा संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि ओझेलमा परेको छ ।ओझेलमा परेको पाणिनी तपोभुमिको प्रचारप्रसारका लागी धार्मिक महोत्सव सञ्चालन गरिएको छ । बैशाख ३० गतेबाट सुरु भएको ब्रह्म वैवर्त पुराण अनुष्ठान ज्ञान महायज्ञको पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्वघाटन गरेका हुन ।

देशका १०० धार्मिक तथा पर्यटकीय गन्तव्य मध्ये परेको पाणिनी तपोभुमिको संरक्षणका लागी मार्गचित्र बनाई अगाडी बढ्ने र पर्यटन भित्रयाउँनका लागी सजह हुने पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझी बताउँछन् ।धार्मिक महायज्ञ सञ्चालनले पर्यटक भित्र्याउनमा टेवा पुग्ने बताए । उनले जिल्लाको ऐतिहासिक पाणिनि तपोभुमिको विकास गरि पर्यटन प्रबर्द्धनमा वृद्धि हुने बताए ।

देशका १०० धार्मिक तथा पर्यटकीय गन्तव्य मध्ये परेको पाणिनी तपोभुमिको संरक्षणका लागी मार्गचित्र बनाई अगाडी बढ्ने र पर्यटन भित्रयाउँनका लागी सजह हुने पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझी बताउँछन् ।महायज्ञमा प्रदेश सभा सदस्यहरू रामजि घिमिरे, निर्मला क्षेत्री, जाल्पा भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सहायक प्रजिअ विष्णु बेल्वासे, प्रहरी नायव उपरिक्षक नवराज मल्ल लगाएतले तपोभुमिको विकास गर्न सके पर्यटकहरु भित्रयाउँनका लागी सहज हुने बताए ।हजारौ बर्ष पहिले पाकिस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषीले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । यो पाणिनी तपोभूमि क्षेत्र बिश्व भाषा सम्पदाको प्रमुख स्थल हो ।यसै क्षेत्रमा आएर पाणिनि ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रशन्न भएर डम्मरु बजाउँदै अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरण्ँको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ । यस क्षेत्रको ब्यापक प्रचार–प्रसार गर्नका लागी राज्यले ध्यान दिन सके बिश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा बिकास गर्न सकिने स्थानीय विष्णु पोख्रेल बताउँछन् ।

 

श्वकै प्राचीन भाषा उत्पति भएको भए पनि, यो क्षेत्र व्यापक प्रचार–प्रसार हुन नसक्दा पछि परेको स्थानीय बताउछन् । पाल्पा, छहरा तिनगिरे हुदैँ तपोभुमिमा आउँन यातायातको व्यवस्था समेत सहज भएको छ ।अर्घाखाँचीको पूर्वमा रहेको पाणिनि गाउँपालिका वडा नम्वर १ र २ पणेना र पोखराथोकको सिमानामा तपोभूमि पर्दछ । पाणिनी तपोभुमि विकास निमार्णमा कमी आएकाले विकास निमार्णका लागी अगाडी बढाउँन सबैले ध्यान दिनुपर्ने स्थानीय द्यातानन्द पोख्रेलको भनाई रहेको छ । धार्मिक महायज्ञमा व्यासाचार्य भुवन गुरूको मुखार बिन्दुबाट कथा बाचन भईरहेको छ । महायज्ञम जिल्ला तथा बाहिरी जिल्लाका श्रद्धालु भक्तजनहरुको भिड्भाड लाग्ने गरेको छ ।पाणिनी तपोभुमिको संरक्षणका लागी पाणिनी गाउँपालिका, प्रदेश र केन्द्रीय सरकार गरी तिनै तहबाट बजेट विनियोजन भएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । यहाँ खानेपानीको समस्या रहेको छ । यहाँ ८ सय मिटर तल बतासेबाट खानेपानी लिफटीङ्ग गर्ने गरी खानेपानीको व्यवस्था गर्न लागिएको छ ।त्यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा रहेका छन् । मठ मन्दिर बनाउनको लागि प्रदेश ५ का जिल्लाहरू पाल्पा, गुल्मी, कपिलवस्तु, रूपन्देही, नवलपरासी, अर्घाखाँची लगायत भारतका केही ठाँउका मानिसहरूले सहयोग गरेका छन् । यहाँको प्रचारप्रसार गरी लुम्बिनी आएका पर्यटकलाई अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर र पाणिनी तपोभुमिमा ल्याउँन सक्ने हो, भने जिल्लाले धार्मिक तथा पर्यटकीय विकासका रुपमा फड्को मार्ने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया