भारतीय निर्वाचन सर्वेक्षण : नरेन्द्र मोदी पुन : प्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौं :  भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । लोकसभा निर्वाचपछि विभिन्न मतसर्वेक्षणका रिपोट आइरहेका छन् । पछिल्लो समय आइरहेका एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुन प्रधानमन्त्री हुने देखिएको बताइएको छ। चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्र्याटिक एलाइन्स ९एनडिए० र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स ९युपीए० बीच मुख्य प्रतिस्पर्धा भएको थियो।

विभिन्न चार एग्जिट पोलमा एनडिए गठबन्धनले २८० देखि ३१५ बीचमा सीटहरू जित्ने अनुमान गरेको छ। जुन युपीएभन्दा निकै बढी छ। रिपब्लिकरसी भोटरको एग्जिट पोलका अनुसार एनडिएको २८७ सीट र युपीएको १२८ सीट र अन्यले १२७ सीट ल्याउन सक्ने देखिएको छ। जबकी टाइम्स नाओरबीएमआरका अनुसार एनडिएको ३०६ सीट र युपीएको १३२ सीट र अन्यको १०४ सीट जित्न सक्ने देखाएको छ।

रिपब्लिक जनका अनुसार एनडिए ३०५, युपीए १२४ र अन्यले ११३ ल्याउने देखिएको छ। न्युज नेशनका अनुसार एनडिए २८२ देखि २९० बीचमा, युपीए, ११८ देखि १२६ सम्म र अन्यले १३० देखि १३८ सम्म सीट जित्ने ठानिएको छ। भारतको लोकसभामा सरकार बनाउनका न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्नुपर्छ। तर विगतमा एग्जिट पोलका नतिजाहरू नमिलेका घटनाहरू रहेको भन्दै विश्लेषकहरूले सचेत गराएका छन्।

त्यस्तै, मोदीको निर्वाचन क्षेत्र रहेको वाराणत्यसी लगायत भारतमा आइतबार अन्तिम चरणको मतदान सम्पन्न भएको छ । बीबीसीले जनाएअनुसार सातौं चरणको निर्वाचनमा साँझ पाँच बजेसम्म ६१ प्रतिशतले मतदान गरेका थिए। जसमा चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए। एक महिनाभन्दा बढि समय लगाएर भारतका दश लाख मतदान केन्द्रमार्फत् मतदान भएका थिए । निर्वाचनको परिणाम मे २३ तारिखका दिन आगामी बिहीवार घोषणा हुने बताइएको छ। बीबीसी नेपाली सेवाको सहयोगमा