अब हाम्रो ध्यान एसिया कप : प्रशिक्षक टमाटा

प्रकाशित मिति:

स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले अब आफूहरुको ध्यान एसिया कपका लागि केन्द्रित हुने बताएका छन् ।एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।

अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने छनोटमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । एकदिवसीय खेलमा नेपालले गरेको प्रदर्शनले एसिया कपका लागि फाइदा पुगेको प्रशिक्षक टमाटाले बताएका छन् ।