डा रिजालको अस्ट्रेलिया भ्रमण ‘कांग्रेसजनलाई एकाकार गर्ने अवसर’

प्रकाशित मिति:

नेपाली कांग्रेसको पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिको निमन्त्रणामा अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजाल प्रवासी नेपालीहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन् । अस्ट्रेलियामा रहेका नेपाली कांग्रेससम्बद्ध विभिन्न संघरसंगठनका प्रतिनिधिहरुसँग समेत भेटघाट गरी कांग्रेसमा आस्था राख्ने सवै प्रवासी नेपालीलाई एकताबद्ध भई नेपालको विकासमा योगदान पु¥याउन डा। रिजालले आग्रह गरेका छन् ।

पश्चिम अस्ट्रेलियाको पर्थमा कांग्रेससम्बद्ध संघरसंगठनका प्रतिनिधिहरुसँग भएको अन्तरक्रियामा डा। रिजालले आगामी एनआरएनए नन रेसिडेन्टल नेपाली अस्ट्रेलिया० निर्वाचनबारे पनि चासो व्यक्त गर्दै सबैलाई समेटेर सहमतिमा अघि बढ्न सुझाव दिएको पर्थमा रहँदै आएका नेपाली कांग्रेसका नेता राजीव नरसिंह केसीले जानकारी दिए ।

पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्ष निल थपलियाका अनुसार डा। रिजालको अस्ट्रेलिया भ्रमण एनआरएनएको आगामी चुनावका सन्दर्भमा कांग्रेसमा आस्था राख्नेहरुका लागि ठूलो अवसर हो । डा। रिजालसँगको अन्तरक्रियाले कांग्रेसमा आस्था राख्ने प्रवासी नेपालीहरुमा उर्जा प्रवाह भएको पनि पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्ष थपलियाको भनाई थियो ।उता भिक्टोरियाको मेलवर्नमा प्रवासी नेपाली कांग्रेसजनहरुसँग पनि डा। रिजालले अन्तरक्रिया गरेका छन् । जुन अन्तरक्रिया अस्ट्रेलिया जनसम्पर्क समितिमा रहेको विवाद साम्य पार्न महत्वपूर्ण सावित भएको कांग्रेस नेता केसीले बताए ।अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्षद्वय सन्तोष सिटौला र कृष्ण गिरि दुवैको उपस्थितिमा भएको अन्तरक्रियाका सहभागिहरुलाई एक ढिक्का भएर अघि बढ्न डा। रिजालले सुझाएका थिए ।आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्दै आएका सिटौला र गिरि दुवैले चाँडै नै आपसमा सहमति कायम गरी जनसम्पर्क समितिलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएको जीपी फाउण्डेसन अस्ट्रेलियाका अध्यक्ष रमेश छतकुलीले बताए ।१३ मेबाट अस्ट्रेलिया भ्रमणमा रहेका डा। रिजाल र उनकी श्रीमती दुर्गा रिजाल एक सातापछि काठमाडौं फर्कने कार्यक्रम छ ।