घुससहित प्रहरी जवान रंगेहात पक्राउ

प्रकाशित मिति:

बुटवल-बुटवलमा शसस्त्र प्रहरीका जवान सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । रुपन्देहीको शसस्त्र प्रहरीबल नेपाल नंं ४१ गुल्म बुटवलमा कार्यरत शसस्त्र प्रहरीका जवान भेषेन्द्र केशी सेवाग्राहीसँग लिएको नगद १० हजारसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ ।

पक्राउ परेका केशी शसस्त्र प्रहरीका घुमुवा जवान रहेको अख्तियारले जनाएको छ ।भन्सारमा समान छुटाईदिने भन्दै सेवाग्राहीसँग लिएको नगद १० हजार सहित बुटवल दिपनगरबाट आइतबार साँझ ६ बजे केसीलाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिएका हुन् ।पक्राउ परेका केसीले नियमित घुस रकम नदिए सामग्री पक्राउ गरिदिने भन्दै सेवाग्राहीसँग मासिक रुपमा घुस रकम माग गर्दै आउने गरेको गुनासो आइरहेको र सोही क्रममा निगरानी गर्दै जाँदा आइतबार रंगेहात पक्राउ गरिएको भुसालले जानकारी दिए ।