बैतडीमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

प्रकाशित मिति:

बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाड आइतबार दिउँसो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् देहिमाण्डौबाट गिरीगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुईसय मिटर तल खस्दा जीपमा सवार सोही नगरपालिका–१० का अन्दाजी ४०–४५ वर्षका हिरा बल्लब भट्ट, ६०–६५ वर्षकी नरुली भट्ट र अन्दाजी ६० वर्षीय लालमणी भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

उनीहरु सबै पूजाका लागि जाँदै गरेको बुझिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी दशरथचन्द नगरपालिका १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका १० का नविन भट्ट घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी गराउनुभयो ।

थप समाचार