अपहरणमा परेको नाटक गरि आफनै बुवा संग पैसा असुल्ने पक्राउ

प्रकाशित मिति:

पोखरा -बन्दक भएको नाटक गरी आफ्नै बुबासँग पच्चास हजार फिरौतीको माग गर्ने एक छोरा पक्राउ परेका छन् । कास्की जिल्लाको पृथ्बीचोकमा रहेको आईएमईबाट रकम निकाल्न प्रयास गरिरहेका रुपन्देहीका २२ वर्षीय मोहमद कमालुद्दिन मुसलमानलाई पक्राउ गरिएको हो । अहिले थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धर्मराज अधिकारीले जानकारी दिनु भएको छ ।

यस्तो छ घटनाक्रमः

गत बैशाख पाँच गते रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका– ८ का स्थानीय बासिन्दा जोखन मुसलमानले आफ्नो छोरा मोहमद कमालुद्दिन मुसलमान घरबाट घुम्न निस्केका तर २५ दिनसम्म पनि घर नफर्केको भन्दै प्रहरीमाझ बैशाख ३० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिनुभएको थियो ।प्रहरीले अनुसन्धान गरिहरेको समयमा मोहमद कमालुद्दिन मुसलमानले आफ्नै मोबाइल नम्बरबाट बुबा जोखन मुसलमानलाई फोन मार्फत आफूलाई अज्ञातस्थलमा बन्धक बनाई राखेको र २ लाख फिरौती माग गरेका जानकारी गराएका थिए ।

साथै पछिबाट उनले बुबालाई तत्काल ५०,०००।– ९पच्चास हजार० रुपैया रकम दण्डपानी बरालको नाममा आईएमई गरी पठाउन बारम्बार दबाब दिइरहेका थिए । यसै क्रममा बुबाले पठाएको पच्चास हजार कास्की जिल्लाको पृथ्बीचोकमा रहेको एक आईएमईबाट पैसा निकाल्ने प्रयास गरिरहेका मुसलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका मुसलमानमाथि सार्वजनिक नैतिक बिरुद्धको अभद्र व्यवहार सम्बन्धि मुद्दा दायर गरिएको छ ।