गर्मी मौसममा प्याजको सेवन यस्ता छन् फाइदाहरु

प्रकाशित मिति:

एजेन्सी -केही साता अघिदेखि गर्मी ह्वात्तै बढेको छ । यस्तो गर्मी सिजनमा मानिसहरुले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । गर्मी सिजनमा कयौं मानिसहरुले आफूलाई तन्दुरुस्त राख्न चिसो चिज बढी खान्छन् । केहीले त आफ्नो भोजन नै कम गर्ने गर्छन् ।

साथै केही मानिसहरुले मौसम अनुसारको भोजनमा पनि विशेष ध्यान दिन्छन् । ती भोजनहरु मध्ये प्याज पनि एक हो । प्याज हाम्रो मुलुकमा पनि बढी प्रयोग गरिने खाद्य पदार्थ हो ।हामीले प्याजको प्रयोग बढी मात्रामा भान्छामै प्रयोग गदैृ आएका छौं । यसरी हामीले दिनहुँ उपयोग गर्दै आएका प्याजका कयौं गुणहरु रहेका छन् । यो एक बेजोड खालको औषधि पनि हो । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ ।

प्याजको सेवनले इम्यसनिटी पावर बढाउछ । अनुहारमा नरम पन , आँखाको ज्योती बढ्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलाम जस्ता बहुमूल्य खनिज पदार्थ पाइन्छ । प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।