सिर्जु अधिकारी र कृष्ण रेउलेको ‘रेलिमै’ सार्वजनिक

प्रकाशित मिति:

गायिका तथा मोडल सिर्जु अधिकारीको र गायक एवम् सर्जक कृष्ण रेउलेको स्वर रहेको ‘रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत पनि गायक कृष्ण रेउलेकै रहेको छ ।

रेलिमै’ बोलको लोक तथा दोहोरी गीतको म्युजिक भिडियो फ्युजन गरिएको छ। लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन्।दुर्गा पौडेलले यस गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने नविन घर्ती मगरको सम्पादन गरेका छन्। कृष्ण रेउले र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ।