भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन मौसम विभागको आग्रह

प्रकाशित मिति:

देशका विभिन्न भूभागमा आज सामान्य देखि पूर्ण वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

महाशाखाले आज पश्चिम क्षेत्रका केही स्थान र मध्य तथा पूर्व क्षेत्रका केही स्थानमा भारि वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो।

महाशाखाले आज बबई नदीमा पानीको वहाव सतर्कताको तह भन्दा माथी जान सक्ने अनुमान गरेको छ। पश्चिम राप्ति, मछेली, मोहना, कान्द्रा, मानखोला लगायत नदीमा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको हो।

यस्तै कमला, बागमति, कन्काई लगायतका नदीमा वहाव सतर्कता आसपास पुग्ने भएकाले तटिय क्षेत्रका बासिन्दलाई सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

पहाडि क्षेत्रमा पनि मध्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।