प्रधानन्यायधीसमा नाम अस्वीकृत भएका जोशीलाई अदालतको वेबसाइटबाट पनि हटाईयो

प्रकाशित मिति:

सर्वोच्च अदालतले प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको नाम आफ्नो वेबसाइटबाट हटाएको छ । संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको नाम हटाएर अर्का वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम राखिएको छ ।

आइतबारबाट इजलास तोकेका मिश्रको नाम कायम मुकायम प्रधानन्यायधीश भनेर सर्वोच्चको वेबसाइटमा उल्लेख छ । जोशी १५ दिने बिदामा छन् । नाम अस्वीकृत भएपछि राजीनामा गर्ने वा नगर्ने भन्ने विषयमा पराशर्मका लागि उनी बिदामा बसेको बुझिएको छ ।