फेरि तात्यो सडक विभाग : अब उपत्यकाका खाल्डाखुल्डी पुरिने

प्रकाशित मिति:

सडक विभागले उपत्यकाभित्रको सडकको खाल्डा खुल्डी पुरेर कालोपत्रे र रङरोगन गर्ने भएको छ। काठमाडौंमा आगामी भदौ दोस्रो साता ९१४ र १५ गते० हुन लागेको बिम्स्टेक सम्मेलनका लागि सडक चिल्लो पार्न लागिएको हो। सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका अधिकारीहरु नेपाल आउँदैछन्।

बिम्स्टेक सम्मलेन लक्षित गर्दै भदौ १० गतेसम्म उपत्यकाका सबै सडकको खाल्डाखुल्डी पुरेर मर्मत गरिसक्ने योजनाका साथ काम अघि बढाएको सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए।