सशस्त्र प्रहरी जवान घूससहित रंगेहात पक्राउ

प्रकाशित मिति:

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी १० हजार घूससहित पक्राउ परेका छन् ।

उनलाई व्यापारीसँग मासिक नगद नबुझाए सामान जफत गरी थुनिदिने धम्की दिएर घूस लिएको आरोपमा आयोगको बुटवलको टोलीले पैसा लिँदै गर्दा बुटवलको टप टेन मम एण्ड खाजाघरबाट रंगेहात पक्राउ गरेको हो । उनी सशस्त्र प्रहरी बलको ४१ नम्बर गुल्म हेडक्वार्टर बुटवलमा कार्यरत छन् ।