न्युयोर्क मिनि नेपालमय बनेपछी …..

प्रकाशित मिति:

न्युयोर्क – सधै व्यस्त म्यानह्टनको थर्टिएटस्ट्रिट म्याडिसन एभिन्युको सडक आइतबार विल्कुलै फरक थियो । दिउसो १२ बजेबाट बन्द सडक गत वर्ष झै यस पटक पनि मिनि नेपालमय बनेको थियो । नेपालको पुर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सबैतिरका नेपालीहरु हातमा मातृभुमी नेपाल र कर्मभुमी अमेरिकाको झण्डा बोकेर नेपाल डे परेडमा नाच्दै गाउदै रमाइरहेका थिए । मौलिक नेपाली पोशाकमा सहाभागी उनीहरु आ आफनै व्यानरमा रमाउदै नेपाललाई सम्झदै विदेशमा नेपाल चिनाएका थिए ।

‘ वर्षको न्युयोर्कमा एकदिन नेपाली पोशाकमा नेपालको झण्डा बोकेर हिडनु पाउनुको मज्जानै बेग्लै लाग्छ ’ न्युजर्सिबाट आएका लक्ष्मण तिमिल्सिनाले भने—‘ प्रवासमा हामी सबै मिलेर नेपाल चिनाउने यो मात्र एक कार्यक्रममा आउनु पाउदा खुसी लाग्यो’ । लक्ष्मण जस्तै कनेटिकटबाट आएका राजेश श्रेष्ठलाई पनि म्यानह्टनको सडकमा भएको नेपाल परेडमा भाग लिन पाउदा रमाइलो लागेको सुनाउछन । ‘ मातृभुमी नेपालको सम्झना र अरु मुलुकका नागरिकलाई हामी नेपाली भनेर चिनाउने यस्तो महत्वपुर्ण कार्यक्रमले मन निकै आनन्दीत तुल्याएको छ ’ । त्यस्तै नेपालबाट एक हप्ता अघि मात्र अमेरिका छोरिको ग्रजुएसनमा आइपुगेका नेपालको पर्यटन व्यवसायी ङिमा दावा तामाङ दम्पतिलाई पनि नेपाल डे परेडमा भाग लिन पाउदा खुसी लागेका बताउछन । ‘ अमेरिकामा नेपाल चिनाउने नेपाल डे परेडमा भाग लिन पाउदा निकै रमाइलो लाग्यो ’ ङिमा दावाले भने—‘ प्रवासमा यस्तो राम्रो कार्यक्रम आयोजना गर्न सफल भएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहान्छु’ । उनी नेपालमा लामो समयदेखि पर्यटन क्ष्ँेत्रमा योगदान पु¥याउदै आएका व्यवसायी हुन ।

सन्सारमा बुद्ध जन्मस्थल, सर्वोच्च शिखर सगरमाथा र विभिन्न धार्मिक सम्पदा रहेको मुलुक नेपाललाई चिनाउन न्युयोर्कमा निरन्तर रुपमा नेपाल डे परेड कार्यक्रम आयोजना हुदै आएको छ । परेडमा न्युयोर्क, न्युजर्सि, कनेटिकेट लगायतका राज्यहरुमा बसोबास गदै आइरहेका नेपालीहरुको उपस्थिति रहेका थिए । बुद्ध जयान्ती, गणतन्त्र दिवस र एभरेष्ट डेको अवसरमा हुदै आएको चौथो नेपाल डे परेड संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राईले उदघाटन गरेका थिए । परेडमा नेपाली कन्सुलेट न्युयोर्कका महाबाणिज्यदुत पुष्पराज भट्टराई,बाणिज्यदुत कृषु क्षेत्री, काउन्सीलमेन कोष्टा कोष्टनटिनिडेस, बौद्धधर्म गुरु आवतारी लामा टुल्कु, लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पा लगायतका अतिथिहरुको उपस्थिति थिए ।

यस पटकको परेड शेर्पा संघको अध्यक्ष निमा शेर्पाको नेतृत्वमा रहेका नेपाल परेड बोर्ड सदस्यहरुको आयोजनामा भएको थियो । परेडको कन्भेनरको रुपमा सत्येन्द्र शाह थिए । परेडमा शेर्पा संघको व्यानरमा स्वयम्भु चैत्यसंगै बौद्धधर्म गुरुहरुको धार्मिक बाजागाजा, रिज्युउड नेपाली सोसाइटीको पण्डितहरुको भजनकिर्तन, गुरुङ समुदायबाट तमु परिवार र तमु पेलु संघको सास्कृतिक बाद्यबाधनको साथ तमु मौलिक नृत्य, तामाङ समाज अमेरिकाको तामाङ सेलो, शेर्पा समुदायको सिलि र सेबु्र नृत्य, कलाकारहरुको टोलिले गीत र नृत्यहरु, लङ आइल्याण्ड नेपाली समाजका नेपाली पहिचानको झाकीहरु, सगरमाथा आरोहीहरु सम्मिलित युएस नेपाल क्लाइबर्स एसोसियसनको झाकीहरुको साथै विभिन्न दुई दर्जन बढि संघसस्थाहरुको व्यानरहरु थिए । ‘ न्युयोर्कमा नेपाल चिनाउने यो कार्यक्रममा ३ दर्जन भन्द बडि झाकीको साथ नेपाल डे परेड भव्यताको साथ सम्पन्न भयो ’ नेपाल डे परेडको झाकी संयोजक आङ जाङबु शेर्पाले बताए ।

म्याडिसन एभिन्युको ३८ स्ट्रिटबाट शुरु भएर २७ स्ट्रिटमा टुङिगएको परेडको लागी ३ घण्टा पुरै सडक बन्द गरेका थिए । नेपालको विभिन्न मौलिक बाजागाजा र झांकीहरुको साथ नेपालको परेड भइरहदा विभिन्न मुलुकका नागरिकहरुले सडक छेउछाउबाट हेरिरहेका थिए । परेड सकेपछि म्याडिसनको २४ र २५ स्ट्रिटको वीचमा परेड समापान गदै करिब दुई घण्टा नेपालको मौलिक सस्कृति झल्कने मनोरञ्जत्माक सास्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा शेर्पा संघका अध्यक्ष निमा शेर्पाले परेड सफल बनाउने सवैमा धन्यबाद दिएका थिए । उक्त अवसरमा नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराई, एनआरएनएका पुर्व अध्यक्ष खगेन्द क्षेत्री, जन सम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदी लगायतले नेपाल डे परेडको महत्वको बारेमा मन्तव्य दिएका थिए ।