ट्राफिक प्रहरीले भन्यो, ‘दुबैलाई हेल्मेट अनिवार्य तत्काल लागू हुँदैन’

६ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
35 Shares


काठमाडौं – ट्राफिक प्रहरी महाशाखाले दुई पाँग्रे सवारी मोटरसाईकलमा यात्रा गर्ने दुबै यात्रुले अनिवार्य हेल्मेट लगाउनु पर्ने भन्नेबारेमा आएको समाचार तत्काल लागू नहुने बताएका छन् । सोमबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै ट्राफिक प्रहरी महाशाखाले यस्तो बताएको हो ।

आईतबार महाशाखामा आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख डिआईजी वसन्त पन्तले दुबैलाई अनिवार्य हेल्मेट लगाउनु पर्ने प्रावधान सहितको कानून बनाउन प्रस्ताव पठाईएको बताएका थिए । सोही अनुसार सञ्चारमाध्यमहरुमा समाचार आएपछि सामाजिक सञ्जालमा ट्राफिक महाशाखाको आलोचना समेत भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया