एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी

प्रकाशित मिति:

पुनहरि बेल्बासे भैरहवा,रुपन्देहीको कटैया स्थित एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी भएको छ । आगलागीबाट उत्पादन गरेर बजार पठाउनकालागि गोदामा राखिएका औषधि जलेर नष्ट हुनका साथै गोदामघर समेत जलेर नष्ट भएको छ । आगलागीबाट के कति क्षति भएको भन्ने विवरण आउन सकेको छैन ।

 

आगो नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगर पालिकाबाट आएका दम्कलहरुले आगो नियन्त्रण गर्न सकि रहेका छैनन ।अरु क्षति नहोस भन्नका लागि जलि रहेको गोदाम घरलाई क्रेनको माध्यमबाट भत्काउने प्रयास गरिएको छ । नेपाल प्रहरी, स्थानीय, सशस्त्र प्रहरीले आगो नियन्त्रणका लागि प्रयास गरि रहेका छन् । आगो कसरी लाग्यो भन्ने कुरा जानकारी हुन सकेको छैन ।