असली रुबीसहित एकजना पक्राउ

प्रकाशित मिति:

बहुमूल्य पत्थर रुबीसहित प्रहरीले एक जनलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी निरीक्षक उज्वल सिंहको कमाण्डमा खटिएको टोलीले आइतवार ४८ वर्षीय दीपक सिजापतीलाई नियन्त्रणमा लिएको हो।

सिजापतीको साथबाट प्रहरीले दुई किलो रुबी समेत बरामद गरेको छ। सिजापतिको साथबाट बरामद गरिएको रुबीको मुल्य १० करोड रुपैयाँभन्दा बढी पर्ने प्रहरीले जनाएको छ।