भीभीआईपी निवास आसपास ड्रोन उडाउन रोक

प्रकाशित मिति:

काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अतिविशिष्ट पदाधिकारीको निवास क्षेत्रमा ड्रोन ९मानवरहित हवाई उपकरण  उडानमा रोक लगाएको छ ।ड्रोन उडानसम्बन्धी नयाँ कार्यविधिमार्फत सरकारले पहिलोपटक भीभीआईपी निवास र कार्यालयको १ किलोमिटर हवाई दूरीमा ड्रोन निषेधित क्षेत्र तोकेको हो ।

देशको प्रमुख प्रशासनिक अड्डा सिंहदरबार आसपासमा ड्रोन उडाउन पाइने छैन ।काठमाडौं उपत्यकाको माइतीघर मण्डला, स्वयम्भूनाथ, बौद्धनाथ, बूढानीलकण्ठ, दरवार स्क्वायर क्षेत्र ९भक्तपुर, पाटन र काठमाडौं० मा ड्रोन उडाउन रोक लगाइएको छ । पुरातात्विक तथा धार्मिक क्षेत्र निर्धारण गरेका स्थानमा पनि यस्तो निषेध लागू हुनेछ ।उपत्यका बाहिर स्थानीय प्रशासन वा आधिकारिक निकायले निर्धारण गरेका धार्मिक, पुरातात्विक र ऐतिहासिक क्षेत्रमा अब ड्रोन उडाउन नपाइने नियम कार्यान्वयनमा आएको छ ।

सैनिक वा सुरक्षा निकायको मूख्यालय, तालिम केन्द्रको १ हजार मिटर र अन्य सुरक्षा इकाई रहेको ५ सय मिटर हवाई दूरीमा समेत ड्रोन उडाउन पाइने छैन । विमानस्थल र अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटर दूरीभित्र र हवाई रुट तय गरिएको कुनै पनि स्थानमा ड्रोन प्रयोग रोकिएको छ ।सरकारले ड्रोन उडाउन नेपाललाई तीन क्षेत्रमा वर्गिकरण गरेको छ । त्यसमध्ये संवेदनशील क्षेत्रमा ड्रोन निषेध गरिएको हो ।