डार्क सर्कल हटाउने घरेलु उपाय

प्रकाशित मिति:

एजेन्सी -तपाईंले आँखामा काँक्रोको टुक्रा राखेर १५ मिनेटसम्म पल्टिरहनुभयो भने त्यसले तपाईंको आँखामा राम्रो प्रभाव देखाउन थाल्छ। नियमित रूपमा यसो गर्नाले डार्क सर्कल कम हुँदै जान्छ।सुत्नुअघि काँक्रो र आलुको मिश्रण आँखामा राख्नाले आँखालाई आराम मिल्छ। त्यसो गर्न तपाईंलाई अल्छी लाग्छ भने १० मिनेटसम्म टी ब्याग आँखामा राख्न सक्नुहुन्छ। यसले पनि काँक्रो र आलुको मिश्रण बराबरकै राम्रो गर्छ।

डार्क सर्कल एलर्जीका कारण भएको हो भने एलर्जी गराउने चिजबाट टाढै रहनु राम्रो हुन्छ ।आँखामुनि हाडे बदामको तेल लगाउनाले पनि डार्क सर्कल हटाउन मदत गर्छ । यसरी दैनिक रूपमा दुई तीन सातासम्म मसाज गर्नाले डार्क सर्कलको असर कम हुँदै जान्छ र निरन्तर यसो गरिरहँदा केही समयमै त्यो हराउँछ ।यसैगरि फुलर्स अर्थ र पानीको पेस्ट बनाएर फेस प्याकको रूपमा लगाउनाले डार्क सर्कल घटाउन मद्दत गर्छ । तपाईंले सामान्य पानीको साटो गुलाबजल प्रयोग गर्नुभयो भने डार्क सर्कल घट्नुको साथै अनुहार पनि चम्किलो हुँदै जान्छ।

डार्क सर्कल हुनुको एउटा मुख्य कारण तनाव हो । धेरै तनाव लिँदा, तपाईंको मस्तिष्क र शरीर प्रभावित हुन्छ र त्यसको असर अनुहारमा देखिन्छ। डार्क सर्कल तनावको परिणाम हो । त्यसैले, तपाईंले आफूलाई तनावबाट मुक्त राख्न र आनन्द महसुस गर्न नियमित ध्यान र योगा गर्नु राम्रो हुन्छ। अनुहार र शरीरलाई खानेकुराले पनि असर गर्छ, यदि तपाईंले राम्रोसँग खानुहुन्न भने, त्यो तपाईंको अनुहार र शरीरबाट स्पष्ट रूपमा थाहा हुन्छ । शरीरमा मिनरल, भिटामिन र अरू पौष्टिक तत्वो को कमी भयो भने डार्क सर्कल देखिन्छ । त्यसैले, मस्तिष्क र शरीर स्वस्थ बनाउन सफा र ताजा खानेकुरा खानुपर्छ।