पोखराबाट जोमसोमका लागि छुटेको यात्रु बस पर्वतको बेतेनीमा दुर्घटना

प्रकाशित मिति:

पोखरा । पोखराबाट सोमबार विहान ७ बजे जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रु बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । बस बिहान ९.३० बजे  दुर्घटना भएको हो ।

पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । हाल दुर्घटनाका गम्भिर घाईतेहरुलाई उपचारको लागि पोखरा लगिएको छ भने घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट उद्धारको लागि प्रहरी परिचालन गरीएको छ ।