विकास र सेवालाई न्यायपूर्ण बनाउन बृहत योजना तर्जुमा

प्रकाशित मिति:

तोलाकान्त बगाले वालिङ, ६ जेठ । वालिङ नगरपालिकाले विकास र सेवालाई न्यायपूर्ण बनाउन बृहत योजना तर्जुमाका लागि १४ वटै वडामा समूहगत छलफल गरेको छ । कमिटेड नेपालले द एशिया फाउण्डेशनको सहयोगमा वालिङ नगरपालिकाका १४ वटै वडामा पुगेर समूहगत छलफल गरेको हो ।

स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत नगरपालिकाले वार्षिक विकास योजना तर्जुमा र प्राथमिकीकरण गर्दा दिर्घकालिन रणनीति, मध्यकालिन विकास योजनालाई आधार बनाउन सक्ने वातावरणको निर्माण गर्नमा सघाउ पु¥याउने छ । विकास कार्यक्रमलाई प्रभावकारी एवं दिगो बनाउन योगदान पुयाउने लक्ष्यसहित बृहत योजना तर्जुमाका लागि वडा÷वडामा समूहगत छलफल गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । विकास कार्यक्रमको कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि दिर्घकालिन विस्तृत योजना, मध्यकालिन विकास योजना र वार्षिक विकास कार्यक्रमको निर्माणको सबै प्रक्रियामा नागरिकको कार्यात्मक संलग्नता मार्फत मात्र संभव छ” नगर प्रमुख खाँणले भन्नुभयो, “हरेक विकास कार्यक्रमप्रति आम नगरबासीले अपनत्व महशुष गर्ने वातावरण निर्माणका लागि बढीभन्दा बढी नागरिकको संलग्नता आवश्यक ठानी वडा÷वडामा समूहगत छलफल गराएका हौं ।

सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई प्राथमिकता दिईएको यस अभियानले नगरपालिकाबाट हुने विकास र सेवालाई न्यायपूर्ण बनाउनकालागि थप सहयोगी हुने नगर प्रमुख खाँणको भनाई छ ।  वडाका हरेक क्षेत्रका नागरिकको उपस्थितिमा विभिन्न आठ वटा समूहमा चक्रीय प्रणालीमार्फत छलफल गराउने र नगरपालिकाका राम्रा पक्ष तथा अब सुधार गर्नुपर्ने पक्षमाथि छलफल केन्द्रीत गरिएको कमिटेड नेपालका कार्यक्रम संयोजक भिमसेन रायमाझीले बताउनुभयो ।

भू उपयोग, आर्थिक विकास, यातायात, सार्वजनिक निर्माण, वातावरण र प्राकृतिक स्रोत, शिक्षा, स्वास्थ्य, विपद तथा आपतकालिन ब्यवस्थापन गरी आठ वटा विषयमाथि आठ समूह निर्माण गरी उक्त समूहहरु सबै विषयमाथि छलफल गराईएको संयोजक रायमाझीले बताउनुभयो ।

वडा÷वडामा पुगेर नागरिकका विचार संकलन गरिएसँगै अब त्यहाँ उठेका राय, सुझाव तथा गुनासोहरुलाई नगर कार्यपालिका अन्तर्गतका विषयगत समितिमा छलफल गरिने कमिटेड नेपालका उप टोली नेता अनिरुद्र न्यौपानेले बताउनुभयो ।  सम्बन्धित विषयगत समितिमा छलफलपछि मस्यौदा निर्माण, मस्यौदा माथि वडा र नगरमा छलफल गरी कार्यपालिका बैठकमा पेश गर्ने र दफाबार छलफल पश्चात आगामी नीति, नियम तथा योजनाहरु निर्माणमा समेट्ने बृहत योजना तर्जुमाको चरण एवं प्रक्रियाहरु रहेको उप टोली नेता न्यौपानेले बताउनुभयो ।

आठ वटा विषयमध्येको आर्थिक विकासको टेवलमा रहेर प्रत्येक वडामा छलफल गर्नुभएका कमिटेड नेपालका कार्यक्रम संयोजक भिमसेन रायमाझीका अनुसार कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको बजार ब्यवस्थापन नभएकै कारण विचौलियाले फाईदा लिएको गुनासो आएको छ । बैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा बृद्धि भएको, जङ्गली जनावर विशेष गरी बाँदरको समस्याका कारण खेतीपाती गर्न नसकिएको जस्ता समस्याहरु राखेका संयोजक रायमाझीले बताउनुभयो ।

त्यस्तैगरी सडकको विषयमाथि छलफल हुने क्रममा ठेकेदारहरुबाट भन्दा उपभोक्ताहरुबाट निर्माण भएका सडकहरु गुणस्तरीय भएको, नगरले नगर बस सञ्चालन गर्नुपर्ने जस्ता विषयहरु छलफलमा आएका सडकका विषयमा छलफलमा सहभागी हुनुभएका कमिटेड नेपालका उप टोली नेता अनिरुद्र न्यौपानेले बताउनुभयो ।

वालिङमा सुविधा सम्पन्न विशेषज्ञ डाक्टरसहितको अस्पताल सञ्चालन गर्नुपर्ने, प्रत्येक वडामा एम्बुलेन्स सेवा हुनुपर्ने, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु वडाका टोल टोलमा लैजानुपर्ने, हरेक महिना वडा÷वडामा विशेषज्ञ डाक्टरसहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, विद्यालयहरुमा सेनेटरी प्याडको ब्यवस्था मिलाउनुपर्ने, विद्यालयमा विद्यार्थीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिनुपर्ने जस्ता सुझावहरु स्वास्थ्य विषयमाथि छलफलका क्रममा आएका स्वास्थ्यका विषयमा छलफल चलाउनुभएका निर्भिकनारायण भुर्तेलले बताउनुभयो ।