ट्रम्पको चेतावनीप्रति इरानी विदेशमन्त्रीको आपत्ति

प्रकाशित मिति:

तेहरान  एजेन्सी – इरानको विदेशमन्त्री मोहमद जावाद जारिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको  आम नरसंहार  गरिदिने चेतावनी प्रति सोमवार आपत्ति जनाएका छन् ।

आइतवार ट्रम्म्पले   यदि इरान अमेरिकासंग लड्नै चाहन्छ भने  इरानको औपचारिक रुपमै अन्त्य हुने छ ।  भनेर टिवट गरेपछि तना वशुरु भएको हो । जारिफले भनेका छन्   युगौं युक सम्म इरानीहरु आत्मस्वाभिमान लिएर गर्वले उभिँद आएका छन् , जबकी सम्पुर्ण आक्रमणकारीहरु सकिएका छन् । सममान गर्न सिकेका खण्डमा राम्रै हुन्छ  केहि दिन अघि मात्र आफ्ना फौज माथि इरानबाट खतरा रहेको भन्दै अमेरिकाले खाडी क्षेत्रमा लडाकु विमान र युद्धपोतहरु तैनाथ गरेको थियो । गत साता भने ट्रम्पले पत्रकारहरुको जिज्ञासा मेट्ने क्रममा इरानसंग युद्ध हुने संभावना नरहेको बताएका थिए ।

इराकको राजधानी बग्दाद स्थित अत्यन्त ेकडा सुरक्षा प्रवन्ध गरिएको ग्रिन जोनमा इरानले एउटा रकेट प्रहार गरेको केहि समय पछि ट्रम्पको चेतावनी सार्वजनिक भएको हो । रकेट प्रहार भएको भवन अमेरिकी दुतावास देखि करिव आधा किमि मात्र टाढा पर्दछ ।

अमेरिकाले हालसालै इराक स्थित कुटनीतिक नियोगमा अत्यन्त जरुरी नरहेका कर्मचारीहरुलाई स्वदेश फर्काएको थियो । इरानका विदेश मन्त्रीले सोमवार ट्विटर मार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोह्न बोल्टन इजरायली प्धान मन्त्री बेन्जामिन नेतान्याहु र साउदी युवराज मोहम्मद विन सलमानलाई उक्साउने गरेको आरोप लगाएका छन् ।