लुम्बिनीमा संसदिय पत्रकार अन्तर प्रदेश सम्मेलन

प्रकाशित मिति:

बुटवल – भगगवान गौतम वुद्ध जन्मस्थल लुम्बिनीमा संसदिय पत्रकार अन्तर प्रदेश सम्मेलन शुरु भएको छ । बुधबार सम्म संचालन हुने कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रानाथ दाहाल, शिव गाउँले,रुपन्देहीका अध्यक्ष डिआर घिमिरेले विभिन्न बिषयमा सहजीकरण गर्नु हुने छ ।

सम्मेलनको मंगलवार लुम्बिनीमा पाँच नम्बर प्रदेश सभाका उपसभामुख कृष्णी थारुले उदघाटन गदैं प्रदेश सभा र पत्रकारितालाई मर्र्या्दित बनाउन पत्रकार र प्रदेससभा सदस्यहरुको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले प्रदेश सभाले बनाउने कानुन र नीति निर्माणमा पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताउनु भएको छ् । उपसभामुख थारुले प्रदेशसभा, प्रदेशसभा सदस्य तथा प्रदेशसभा पत्रकारिता सबैको अभ्यास नयाँ रहेकोले सिकाईकै क्रममा रहेको समेत बताउनु भयो ।

उपसभामुख थारुले प्रदेश सभाका तिनवटा अधिवेशनले ३८ वटा बिधेयक पारित गरि कानुनको रुपमा कार्यान्वयनमा पठाईएको बताउनु भयो । संसदिय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षता तथा सिपि खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा समाजका काठमाडौ उपाध्यक्ष कृष्णा पौडेल, युएनडिपिका प्रतिनिधि दिला पन्त, पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी, समाजका प्रदेश ५ उपाध्यक्ष अमृता अनमोल लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रममा सातवटै प्रदेश बाट ४० जना बढी पत्रकारहरुको सहभागीता रहेकोे छ ।