युक्रेनका नयाँ राष्ट्रपतिले गरे मध्यावधि निर्वाचनको घोषणा

प्रकाशित मिति:

बुटवल – युक्रेनका नयाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमवार आफ्नो शपथग्रहण भाषणमा मध्यावधि संसदीय चुनावको घोषणा गरेका छन् । उनको प्राथमिकता देशको पूर्वी भागमा रुस समर्थित पृथकतावादीसँगको संघर्ष अन्त्य गर्नु रहेको उनले बताए । जेलेन्स्कीले सोभियत कालपछिको युक्रेनका सबभन्दा युवा राष्ट्रपतिका रूपमा शपथ लिए ।

उनले एक महिनाअघि पेत्रो पोरोशेन्कोलाई हराएका थिए । जेलेन्स्की राजनीतिमा आउनुअघि हास्यकलाकार थिए । शपथग्रहणको सम्बोधनका क्रममा उनले समयअगावै चुनाव गराउनका लागि संसद् भंग गर्ने घोषणा गरे । प्रधानमन्त्री भोलोदिमिर ग्रायसम्यानले जेलेन्स्कीसँगको मतभेदका कारण राजीनामा दिएका छन् । – एजेन्सी