हुवावेईलाई अमेरिकाले दियो ९० दिनको छूट

प्रकाशित मिति:

काठमाडौं – अमेरिकाले चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावेईमाथि लगाइएको प्रतिबन्धमा ९० दिनको छूट दिने निर्णय गरेको छ । अमेरिकाले हुवावेईमाथिको प्रतिबन्धबाट आउनसक्ने समस्याबाट बच्न अमेरिकाले यस्तो निर्णय गरेको हो । प्रतिबन्धको निर्णयमा कुनै किसिसमको असर नपरोस् भन्नका लागि पनि अमेरिकाले यस्तो निर्णय गरेको हो । राष्ट्रिय सुरक्षाको कारण बताउँदै अमेरिकाले हुवावेईलाई एनटीटी सूचीमा समावेश गरेको थियो ।

यो सूचीमा समावेश भएका कम्पनीले विशेष अनुमति विना अमेरिकी कम्पनीसँग कारोबार गर्न पाउँदैनन् । अमेरिकाका वाणिज्य सचिव विल्बर रोसले हुवावेईलाई छूट दिँदा उससँग आश्रित रहेका अन्य अमेरिकी तथा अन्य मुलुकका कम्पनीलाई निर्णय लिन लामो समय मिल्ने बताए । यसबाट हुवावेईका प्रयोगकर्तालाई अहिले तत्कालका लागि कुनै समस्या हुनेछैन ।

अमेरिकाले लगाउँदै आएको जासुसीको आरोपको हुवावेईले भने खण्डन गर्दै आएको छ । कम्पनीले अमेरिकासँगको वार्ताको माध्यमबाट यसको आशंका हटाउने प्रयास हुने बताएको छ ।