मलेसियामा दुवै खुट्टा गुमाएका ढकाललाई ह्वीलचियरले जीवन दियो

प्रकाशित मिति:

काठमाडौं – विगत लामो समयदेखि समाजमा रहेका अशक्त, दुःखी र गरिबहरुको लागि विभिन्न किसिमले सहयोग पु¥याउँदै आइरहेको समाजवाद अध्ययन केन्द्र चाँगुनारायण भक्तपुरले मलेसियामा रोजगारीमा रहँदा २०७० सालमा दुवै गोडा गुमाएका गोरखा सिरानचोकका बुद्धिबहादुर ढकाललाई कमोडसहितको ह्वीलचियर प्रदान गरेको छ ।

मलेसियाको कम्पनीमा काम गर्ने सिलसिलामा ३१ वर्षको उमेरमा दुवै गोडा गुमाउनुभएका ढकाल ३६ वर्ष पुग्नुभएको छ । श्रीमतीको साथ र भरोसाले अहिलेसम्म जीवन चलेको उहाँ बताउनुहुन्छ । ढकालले समाजवाद अध्ययन केन्द्र भक्तपुर, दाताका रुपमा ह्विल चियर सौजन्य गर्ने गोरखाकै माधव ढकाल, अमृत पाण्डे, विकल श्रेष्ठ लगायतको सहयोगमा आफूलाई ह्विल चियर प्रदान गर्न सहयोग गर्ने बाल्मिकी विद्यापिठका प्राध्यापक डा. भागवत ढकाल लगायतलाई धन्यवाद दिँदै आफ्नो सहज जीवनयापनमा सहयोग गरिदिनेलाई जीवनभर सम्झिने बताउनुभयो ।

उपचारका क्रममा हालसम्म १९ लाख ६७ हजार खर्च भएको र आईसीआरसीले गोडा हालिदिए पनि आफ्नो जीवन कमाएर खान नसक्ने भन्दै बुद्धिबहादुर र उनकी श्रीमतीले भावुक हुँदै आँसु बगाए । आफूलाई नभएपनि अपाङ्गतामा पनि सहयोग पु¥याउने आफ्नी श्रीमतीलाई रोजगारी भए जीवनयापन गर्न सहज हुने बुद्धिबहादुरको भनाई छ । बुद्धिबहादुरका लागि ह्विल चियर उपलब्ध गराउन सहजीकरण गर्ने समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले अपागंताको क्षेत्र बाह्य सहयोग भन्दा पनि राज्यले नै निश्चिित कानुन बनाएर सहयोग र जिवनयापनको व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।